काठमाडौँ, १७ कात्तिक । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले फुटबलमा भएको म्याच फिक्सिङ (खेल मिलेमतो)बारे अखिल नेपाल फुटबल सङ्घ(एन्फा)सँग स्पष्टीकरण मागेको छ ।
राखेप सदस्यसचिव केशवकुमार विष्टले एन्फा अध्यक्ष गणेश थापालाई म्याच फिक्सिङलगायतका विषयमा जवाफ माग्दै आज तीनबुँदे स्पष्टीकरण सोधेका हुन् ।
सात दिनभित्र जवाफ दिन आदेश दिँदै पठाइएको स्पष्टीकरण पत्र एन्फा अध्यक्ष थापाको हातमा पुगेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।
स्पष्टीकरणको पहिलो बुँदामा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित राष्ट्रिय टोलीका तीन खेलाडी र दुई पूर्व खेलाडीले गरेको भनिएको ‘म्याच फिक्सिङ’ प्रकरणबारे प्रश्न उठाइएको छ ।
पत्रमा पहिलो बुँदामा ‘म्याच फिक्सिङको जिम्मेवार को हो ?, अन्तर्राष्ट्रिय खेलहरूमा लज्जास्पद कार्य दोहोरिन नदिन एन्फासित अब के रणनीति छ ? फिक्सिङबारे एन्फा आफैँले के अनुसन्धान गरिरहेको छ ?’ आदि प्रश्न सोधिएका छन् ।
सन् २००८ देखि नेपालले खेलेका करिब आठ अन्तर्राष्ट्रिय खेलमा विदेशी दलालमार्फत करोडौँ पैसा लिएर देशलाई हराएको आरोपमा कप्तान थापासहित उपकप्तान सन्दीप राई, रितेश थापा, अन्जन केसी र विकाससिंह क्षेत्री पक्राउ परेका छन् ।
त्यस्तै, दोस्रो बुँदामा एसियाली फुटबल महासङ्घ (एएफसी) वर्षमुनिको च्याम्पियनसिपको छनोट प्रतियोगितामा बढी उमेरका खेलाडी खेलाएको बारे स्पष्टीकरण मागेको छ ।
नेपालले बढी उमेरको खेलाडी खेलाएको भन्दै एएफसीले नेपाललाई एएफसी च्याम्पियनसिप खेल्न अयोग्य घोषणा गरेको छ । साथै चार हजार ५०० डलर जरिवानासमेत गरेको छ ।
‘नेपाल कसरी प्रतियोगितामा अयोग्य भयो ? अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुग्ने र खेलाडीको परिश्रम खेरजाने कार्यमा जिम्मेवार को हो ? पटकपटक एन्फाले जरिवाना तिर्नुपर्ने अवस्था किन आउँछ ?’ जस्ता प्रश्न सोधिएको छ ।
स्पष्टीकरण पत्रको तेस्रो बुँदामा पुनरावेदन अदालतको आदेशअनुसार एन्फाको साधारणसभामा कर्मा शेर्पा, विजयनारायण मानन्धर र पङ्कजविक्रम नेम्बाङलाई किन सहभागी नगराएको भनेर सोधिएको छ ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन