काठमाडौँ, १७ कात्तिक । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले फुटबलमा भएको म्याच फिक्सिङ (खेल मिलेमतो)बारे अखिल नेपाल फुटबल सङ्घ(एन्फा)सँग स्पष्टीकरण मागेको छ ।
राखेप सदस्यसचिव केशवकुमार विष्टले एन्फा अध्यक्ष गणेश थापालाई म्याच फिक्सिङलगायतका विषयमा जवाफ माग्दै आज तीनबुँदे स्पष्टीकरण सोधेका हुन् ।
सात दिनभित्र जवाफ दिन आदेश दिँदै पठाइएको स्पष्टीकरण पत्र एन्फा अध्यक्ष थापाको हातमा पुगेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।
स्पष्टीकरणको पहिलो बुँदामा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित राष्ट्रिय टोलीका तीन खेलाडी र दुई पूर्व खेलाडीले गरेको भनिएको ‘म्याच फिक्सिङ’ प्रकरणबारे प्रश्न उठाइएको छ ।
पत्रमा पहिलो बुँदामा ‘म्याच फिक्सिङको जिम्मेवार को हो ?, अन्तर्राष्ट्रिय खेलहरूमा लज्जास्पद कार्य दोहोरिन नदिन एन्फासित अब के रणनीति छ ? फिक्सिङबारे एन्फा आफैँले के अनुसन्धान गरिरहेको छ ?’ आदि प्रश्न सोधिएका छन् ।
सन् २००८ देखि नेपालले खेलेका करिब आठ अन्तर्राष्ट्रिय खेलमा विदेशी दलालमार्फत करोडौँ पैसा लिएर देशलाई हराएको आरोपमा कप्तान थापासहित उपकप्तान सन्दीप राई, रितेश थापा, अन्जन केसी र विकाससिंह क्षेत्री पक्राउ परेका छन् ।
त्यस्तै, दोस्रो बुँदामा एसियाली फुटबल महासङ्घ (एएफसी) वर्षमुनिको च्याम्पियनसिपको छनोट प्रतियोगितामा बढी उमेरका खेलाडी खेलाएको बारे स्पष्टीकरण मागेको छ ।
नेपालले बढी उमेरको खेलाडी खेलाएको भन्दै एएफसीले नेपाललाई एएफसी च्याम्पियनसिप खेल्न अयोग्य घोषणा गरेको छ । साथै चार हजार ५०० डलर जरिवानासमेत गरेको छ ।
‘नेपाल कसरी प्रतियोगितामा अयोग्य भयो ? अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुग्ने र खेलाडीको परिश्रम खेरजाने कार्यमा जिम्मेवार को हो ? पटकपटक एन्फाले जरिवाना तिर्नुपर्ने अवस्था किन आउँछ ?’ जस्ता प्रश्न सोधिएको छ ।
स्पष्टीकरण पत्रको तेस्रो बुँदामा पुनरावेदन अदालतको आदेशअनुसार एन्फाको साधारणसभामा कर्मा शेर्पा, विजयनारायण मानन्धर र पङ्कजविक्रम नेम्बाङलाई किन सहभागी नगराएको भनेर सोधिएको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित