काठमाडौँ, १६ कात्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) आज साँझ सार्वजनिक गरेको टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, वसन्त रेग्मी, शक्तिप्रसाद गौचन, सागर पुन, अनिलकुमार मण्डल, सोमपाल कामी, करण केसी, महेशकुमार क्षेत्री, महबुब आलम, सरद भेषवाकर, पृथु बाँस्कोटा, इशाद अहमद, नरेशबहादुर बुढाऐर र विक्रम सोब छन् ।
छनोट हुने विक्रम सोव र इशाद अहमद भने नयाँ अनुहार हुन् । त्यस्तै नरेश बुढाऐर र मेहबुब आलमले भने प्रतियोगितामा पुनरागमन गरेका छन् ।
संयुक्त अरब इमिरेट्समा सञ्चालन हुने उक्त प्रतियोगिता यही कात्तिक ३० र मङ्सिर २ गते हुनेछ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता