
काठमाडौँ, १६ कात्तिक । नेकपा(एमाले) स्थायी कमिटीको आज बस्ने बैठकमा विकसित राजनीतिक परिस्थिति र समसामयिक विषय, सरकारका काम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने भएको छ ।
एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा अपराह्न ४ बजे बस्ने बैठकमा मन्त्रिमण्डल विस्तारको निर्णय लगभग टुङ्गिने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबारे एमाले र मधेसी जनअधिकार फोरम नेपाल( लोकतान्त्रिक) तथा सङ्घीय मामिला तथा स्थानीय निकाय मन्त्रालय बारेमा एमाले र राप्रपा नेपालले आआफ्नो दाबी गरेको स्रोतले जनाएको छ ।
जनजीवन सहज बनाउन आग्रह
प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार विस्तार, आपूर्ति व्यवस्थालाई सहज बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री निर्वाचित भएको लामो समय भइसक्दा समेत सरकार विस्तार हुन नसकेको अवस्थामा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको बुझिएको छ ।
उच्चस्तरीय राजनीतिक समितिमा संयोजकसमेत रहनुभएका नेता दाहालले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै जनताको दैनिक जनजीवन सहज बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको उहाँका सहयोगी शिव खकुरेलले राससलाई जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने सत्तारूढ दलका शीर्ष नेताबीचको भेटवार्ता सामान्य भएको जानकारी दिनुभयो ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा