काबुल (अफगानिस्तान), ९ कात्तिक । अफगानिस्तानमा भूकम्पका कारण कम्तिमा १८ जनाको मृत्यु भएको समाचार छ ।
प्रारम्भिक तथ्याङ्कअनुसार १८ जनाको मृत्यु भएको जनाइए पनि यो सङ्ख्यामा वृद्धि हुनसक्ने यहाँका अधिकारीले जनाएका छन् ।
सोमबार यो समाचार सङ्कलन गर्ने बेलासम्म नान्गाहर प्रान्तको राजधानी जलाहाबाद सहरमा रहेको एक अस्पतालमा पाँच जनाको मृत शरीर ल्याइएको र ६५ जना भूकम्पबाट घाइते भएका मानिस ल्याइएको प्रान्तीय स्वास्थ्य विभाग प्रमुख नान्जिबुल्लाह कमावालले बताए ।
यसैगरी, टाखर प्रान्तस्थित विविहिजिरा छात्रा विद्यालयका १२ जना छात्रा भूकम्पमा परी ज्यान गुमाएको ताखर प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्ला टिमोरले बताए ।
तालुक्वान प्रान्तमा पनि ४० जना नागरिकलाई भूकम्पमा परी घाइते भएपछि उपचारका लागि विभिन्न अस्पतालमा पु¥याइएको यहाँको स्थानीय प्रशासनले जनाएको छ ।
बादखसानका विभिन्न जिल्लाबाट प्राप्त प्रारम्भिक सूचनाअनुसार यहाँ एक जनाको मृत्यु भएको बादखसान प्राकृतिक प्रकोप विभागका प्रमुख सैयद अबदुल्लाह हमायोन देहक्वानले बताउनुभएको छ ।
यसैबीच बाग्लान, ताखर, जुनान, कुन्दुज र बादखसान प्रान्तमा कैयौँ अफगानी नागरिक भूकम्पका कारण घाइते भएका छन् भने सयौँ घर पूर्णरुपमा भत्किएका छन् ।
हजारौँ घरमा भूकम्पले आंशिक क्षति पुरयाएको अफगानिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । सोमबार गएको भूकम्प ७.७ म्याग्निच्युडको भएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको थियो । तर, यसलाई पछि अमेरिकी उक्त संस्थाले ७.५ म्याग्निच्युडको भनी संशोधन गरेको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल