काबुल (अफगानिस्तान), ९ कात्तिक । अफगानिस्तानमा भूकम्पका कारण कम्तिमा १८ जनाको मृत्यु भएको समाचार छ ।
प्रारम्भिक तथ्याङ्कअनुसार १८ जनाको मृत्यु भएको जनाइए पनि यो सङ्ख्यामा वृद्धि हुनसक्ने यहाँका अधिकारीले जनाएका छन् ।
सोमबार यो समाचार सङ्कलन गर्ने बेलासम्म नान्गाहर प्रान्तको राजधानी जलाहाबाद सहरमा रहेको एक अस्पतालमा पाँच जनाको मृत शरीर ल्याइएको र ६५ जना भूकम्पबाट घाइते भएका मानिस ल्याइएको प्रान्तीय स्वास्थ्य विभाग प्रमुख नान्जिबुल्लाह कमावालले बताए ।
यसैगरी, टाखर प्रान्तस्थित विविहिजिरा छात्रा विद्यालयका १२ जना छात्रा भूकम्पमा परी ज्यान गुमाएको ताखर प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्ला टिमोरले बताए ।
तालुक्वान प्रान्तमा पनि ४० जना नागरिकलाई भूकम्पमा परी घाइते भएपछि उपचारका लागि विभिन्न अस्पतालमा पु¥याइएको यहाँको स्थानीय प्रशासनले जनाएको छ ।
बादखसानका विभिन्न जिल्लाबाट प्राप्त प्रारम्भिक सूचनाअनुसार यहाँ एक जनाको मृत्यु भएको बादखसान प्राकृतिक प्रकोप विभागका प्रमुख सैयद अबदुल्लाह हमायोन देहक्वानले बताउनुभएको छ ।
यसैबीच बाग्लान, ताखर, जुनान, कुन्दुज र बादखसान प्रान्तमा कैयौँ अफगानी नागरिक भूकम्पका कारण घाइते भएका छन् भने सयौँ घर पूर्णरुपमा भत्किएका छन् ।
हजारौँ घरमा भूकम्पले आंशिक क्षति पुरयाएको अफगानिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । सोमबार गएको भूकम्प ७.७ म्याग्निच्युडको भएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको थियो । तर, यसलाई पछि अमेरिकी उक्त संस्थाले ७.५ म्याग्निच्युडको भनी संशोधन गरेको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी