विदेशी नागरिकले गरे नेपाली मौलिकता झल्कने भिडियोको निर्देशन

Screen Shot 2015-10-20 at 22.25.34

गायक गंगा थापा

 

लन्डन । भनिन्छ संगीतको कुनै सिमाना हुंदैन, अनि भाषा पनि । त्यही कुरा सार्थक तुल्याएको छ बेलायतमा स्थापित गायक गंगा थापा र उनको समूह सम्मिलित नाम्लो ब्याण्डले । विभिन्न देशका ७ जना सम्मिलित उक्त ब्याण्डमा रोविन, सेइमी डि, श्रेया राई, विश्व शाही, विकी, सनोज थापा र रचेल छन् । तिनै कलाकार मिलेर रोधीघर… गीतमा बनाइएको नाम्लो व्याण्डको पहिलो भिडियो 
यसै साता सार्वजनिक गरिएको छ ।

विश्व शाहीको परिकल्पनामा चोउट्टे फिल्मस्ले निर्माण गरेको यो भिडियोलाई यूरोपियन नागरिक रेमिगुज सोवाले निर्देशन गरेका छन् । रेमिगुजले यस अघि थुप्रै वृत्तचित्र निर्माण तथा निर्देशन गरिसकेका छन् । बेलायतमा छायांकन गरिएको यो भिडियोमा नेपाल र नेपाली परम्परा झल्काउन खोजिएको छ ।
गाउंघरको गोरेटो सम्झंदै आफ्नो मायालुलाई पुनः भेट्ने अपेक्षा गरिएको यस गीतको भिडियोमा रोधी घरको झल्को र दुई पुस्ता बीचको सम्बन्ध देखाउने प्रयत्न छ ।

८ वर्षदेखि वेलायत बस्दै आएका भिडियोका प्रमुख पात्र १४ वर्षीय अर्विन श्रेष्ठको सरल अभिनयले भिडियोलाई थप उचाइ दिएको छ । गंगा थापा, श्रेया राई, रुवि थापाको स्वर रहेको यस गीतको भिडियोमा जया थापा, सिवी पुन श्रेष्ठ, बेले थापा, सुलजा गौतम, रुवि थापा, एन्जेला केसी लगायतको अभिनय छ ।

अर्विन श्रेष्ठ

अर्विन श्रेष्ठ

यस्तो छ भिडियोः

प्रतिक्रिया

सम्बन्धित सामाग्री