म्याग्दी (वेनी), ३० असोज । म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत्् आयोजनमा भारतीय लगानीको विकल्प खोज्न म्याग्देलीले माग गरेका छन् ।
लगानीको नाममा पटकपटक काम अवरुद्ध गर्ने, क्षतिपूर्ति माग्नेलगायत अनावश्यक माग राख्ने गरेकाले पनि लगानीकर्ताकै विकल्प खोज्न उनीहरुले सरकारसमक्ष अनुरोध गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको ३२ मेगावाट क्षमताको जलविद्युत््मा करोडौँ खर्च भएपनि परिणाम न्यून भएकाले निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन अहिलेका सबै ठेकेदार कम्पनी र लगानीकर्ताको समेत परिवर्तन गर्नुपर्ने नेकपा (एमाले) म्याग्दीका सचिव बालकृष्ण सुवेदीले बताए । “बालुवामा पानी हालेजस्तै भएको छ । अब पनि यस्तै हुने सम्भावना धेरै छ”–सुवेदीले भने ।
भारतीय सिभिल ठेकेदार कम्पनी आइभीआरसीएल इण्डिया लिमिटेडले राज्यलाई नै चुनौती दिइरहेको बिनायोजना सडक निर्माणको क्रममा पिप्ले गाविसको घुमाउने तालमा रहेको बस्ती नै जोखिममा परेको बताउँदै सुवेदीले लगानीको नाममा भारतीय सरकारबाटै अनावश्यक दबाब आउने गरेको उल्लेख गरे ।
निर्माण कार्य सुरू भएको दशक बितिसक्दा पनि करिब १२ प्रतिशत मात्रै काम देखिनुमा ठेकेदार, लगानीकर्ता र प्राधिकरण जिम्मेवार रहेको भन्दै सरोकारवाला निकायले पटकपटक ध्यानार्कषण गराउने गरेका छन् ।
“सरकारी आयोजनाले गति नलिँदा निजी आयोजनालाई समेत असर गरेको छ, छिट्टै सम्पन्न हुने विकल्पमा ध्यान दिनुपर्छ”–म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनकुमार विश्वकर्माले भने । अध्यक्ष विकले सडक, विद्युत् अन्य आवश्यक साम्रगीको सहज पहुँच भएको राहुघाटको निर्माण कार्यले सर्वसाधारणको लगानीमा निर्माण हुने आयोजनाप्रति पनि अनावश्यक शङ्का उत्पन्न भएको बताए ।
प्राधिकरणले नेपाली ठेकेदारलाई दिएको आवास तथा भवनको निर्माण कार्यसमेत अलपत्र परेको छ । आइभीआरसीएले नेपाल सरकारबाट लिएको पैसालाई समेत अन्य आयोजनामा लगानी गरेर छ महिनासम्म कर्मचारीको तलब नदिएको भन्दै कर्मचारीसमेत काम बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । आयोजनाको सुरुङ, विद्युत् गृह, सडक, बाँध निर्माणको जिम्मा भारतीय कम्पनी आइभीआरसीएलले लिएको छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ