संविधान जारी भएकामा देशभर खुशीयाली मनाउँदै दीपावली

संविधानसभा भवन नयाँ बानेश्वरमा नेपालको नयाँ संविधान घोषणा पश्चात सुरक्षा कर्मीहरुले गरेको आतशबाजी । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।

संविधानसभा भवन नयाँ बानेश्वरमा नेपालको नयाँ संविधान घोषणा पश्चात सुरक्षा कर्मीहरुले गरेको आतशबाजी । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।

काठमाडौँ, ३ असोज । संविधानसभामार्फत नेपालको संविधान जारी भएको खुशीयालीमा देशभर दीपावली गरी हर्सोल्लास गरिएका समाचारहरु प्राप्त भइरहेका छन् ।
फलेवास (पर्वत)ः नेपालको संविधान २०७२ जारी भएको खुसीयालीमा आज पर्वत जिल्लाको विभिन्न स्थानमा भब्य स्वागत तथा दीपावली गरिएको छ । नेपाली जनताले आफ्नो संविधान आफँै लेख्ने अवसर प्राप्त गरेको दिनको खुसीयालीका साथ पर्वतको उद्योग वाणिज्य सङ्घको संयोजनमा जिल्लाका राजनीतिक दल र नागरिक सङ्गठनले स्वागत रयाली र दीप प्रज्वलन गर्ने भएका हुन् ।
नेपालगन्जः नेपालको संविधान २०७२ जारी भएको अवसरमा आज नेपालगन्जको नगरका विभिन्न टोलटोलमा खुशियाली जुलुसमा नेपाली काँग्रेस, नेकपा(एमाले), एकीकृत नेकपा(माओवादी)लगायत राजनीतिक दलका नेता, कार्यकर्ता, विभिन्न पेशागत सङ्गठनका पदाधिकारी, सदस्यहरु, नागरिक समाजका अगुवा, पत्रकार, कानुन व्यवसायी, शिक्षक, विद्यार्थी, उद्योगपति, व्यापारी तथा सर्वसाधारणको सहभागिता थियो ।
पोखरा ः संविधानसभाबाट संविधानको घोषणा भएकामा पोखरामा संविधान घोषणासँगै यहाँका राजनीतिक दल। सङ्घसंस्थाले विभिन्न स्थानमा संविधन जारी भएको घोषणालाई स्वागतसहित दीपावली गरी एकापसमा खुशियाली साटासाट गरेका छन् ।
हुम्लाः संविधानसभाबाट ‘नेपालको संविधान, २०७२’ घोषणासँगै हुम्लाको सिमिकोटमा भव्यरुपमा दीपावली गरी हर्षाेउल्लाससहित नाचगान गरी खुशीयाली मनाइरहेका छन् ।
भद्रपुरः नेपालको संविधान, २०७२ जारीको औपचारिक घोषणासँगै झापाको प्रमुख बजारमा राजनीतिक दल, सामाजिक संघसंस्था, युवा, युवतीहरुले चोकमा भेला भएर सामूहिकरुमा दीपावली कार्यक्रममा सर्वसाधारणले आ–आफ्ना घरमा दीपावली गरेका छन् । यसैगरी, झापाको सदरमुकाम चन्द्रगढीस्थित सबै सरकारी कार्यालय र कार्यालय प्रमुखको निवासमा दीपावली गरिएको पाइयो भने बजारमा फूलझरी र पटाका पनि पड्काएर नयां संविधानको स्वागत गर्न युवाहरु तल्लिन देखियो ।
नुवाकोटः सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ घोषणा समारोह नुवाकोटमा सदरमुकाम विदुरमा आज साँझ संयुक्तरुपमा सम्पूर्ण दल, नागरिक, सरकारी कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधिहरुले संविधान घोषणा समारोहलाई हर्सोल्लासका साथ मनाएका हुन् ।
जुम्लाः संविधानसभाबाट नेपालको संविधान २०७२ को घोषणा भएलगत्तै जुम्लाका सदरमुकामलगायत ग्रामीण भेगका विभिन्न स्थानमा राजनीतिक दल, सङ्घसंस्थाले खुशियालीमा दीपावलीसहित संविधानको स्वागत गरी एकआपसमा खुशियाली साटासाट गरेका छन् ।
धनगढीः नेपालको संविधान, २०७२ जारी गरिएको खुशियालीमा आज साँझ धनगढी नगर क्षेत्रका चोक चोकमा स्वस्पूmर्त रुपमा भेला भएका युवाहरुले सामूहिक रुपमा दीपावली गर्दै जारी भएको नेपालको सविधानको भव्य रुपमा स्वागत गरेका छन् । नगरबासीले आ–आफ्नो घरमा दीपावली समेत गरेका छन् । कैलाली जिल्लाको अत्तरिया, लम्कीलगायतका क्षेत्रमा पनि स्थानीयबासीले नयाँ संविधानको भव्य स्वागत गर्दै एकापसमा खुशीयाली साटासाट गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री