आश्विन १, २०७२- गैरआवासीय नेपाली (एनआरएन) लाई पनि नयाँ संविधानले नागरिकता दिने व्यवस्था गरेको छ । बुधबार संविधानसभाबाट पारित संविधानअनुसार एनआरएनलाई नागरिकताको दिने व्यवस्था गरेको हो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रमा बसोबास गर्नेबाहेक मात्रै यो सुविधाबाट लाभान्वित हुन पाउनेछन् । ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको सार्क बाहेकमा बसोबास गरेको साविकमा वंशजको वा जन्मको आधारमा निज, निजको बाबु, आमा, बाजे, बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ,’ संविधानमा उल्लेख छ ।
उक्त आधारमा एनआरएनहरू राजनीतिक सुविधाबाट भने वञ्चित हुनेछन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नागरिकताको सुविधाबाट २० हजार लाभान्वित हुनेछन् । एनआरएनए अध्यक्ष शेष घलेले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कदमको स्वागत गरे । ‘लामो समयदेखि माग गर्दै आएको नागरिकताको प्रावधान पारित गर्नु हाम्रा लागि खुसीको विषय हो ।
गैरआवासीय नेपालीलाई बधाई ज्ञापन गर्दै साकार पार्न योगदान गर्नुहुने अभियन्ताहरू, सभासदज्यूहरू, राजनीतिक नेतृत्वहरूमा आभार प्रकट गर्दछु,’ घलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चाहनाबमोजिम नागरिकताको व्यवस्था गरिसकेको अवस्थामा अब हामीले हाम्रा वाचा पूरा गर्ने, नेपालमा सीप र ज्ञानको लगानी बढाउने दायित्व हाम्रो काँधमा आएको म सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई स्मरण गराउन चाहान्छु ।’ इकान्तिपुर
अमेरिकाको क्यालिफोर्नियामा धुमधामले मनाइयो सोनाम ल्होछार
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : ३ हजार ४८४ जनाले गराए उम्मेदवारी दर्ता
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा, म्याग्दीबाट उम्मेदवारी
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]