साउदी अरब, २६ भदौ । मुसलमानहरुको प्रसिद्ध तीर्थस्थल साउदी अरेबियाको मक्कास्थित मस्जिदमा क्रेन खस्दा ८७ जना तीर्थयात्रीको मृत्यु भएको र दुई सयभन्दा बढि घाइते भएकामा नेपाली भने परेका छैनन् ।
मस्जिदमा सयौँ मानिसले शुक्रबारको प्रार्थना गरिरहेका बेला दिउँसो एक्कासी आएको भारी वर्षा र हावाहुरीका कारण मस्जिदमाथि रहेको क्रेन खस्दा सो दुर्घटना भएको हो । घटनामा परी ज्यान गुमाउनेहरु कुन मुलुकका नागरिक हुन् भन्ने एकिन विवरण आइनसकेको साउदी सरकारले जनाएको छ । घटनामा परी भारतीय, पाकिस्तानी, श्रीलङ्काली, मलेसियाली, बङ्गलादेशी नागरिकहरु घाइते भएको बताइएको छ ।
स्रोतका अनुसार क्रेन खसेको ठाँउमा इरानी नागरिकहरु रहेका थिए । घटनापश्चात उद्धारका लागि साउदी सरकारले तत्कालै आपतकालीन टोली खटाएको थियो । उद्धारका लागि ३९ वटा एम्बुलेन्स र स्वाथ्यकर्मी खटाइएको जनाइएको छ ।
पछिल्लो जानकारी अनुसार उक्त दुर्घटनामा नेपालीहरु भने कोही पनि नपरेको सूचना प्राप्त भएको नेपाली राजदूतावास साउदीका कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिनुभएको छ । हजका लागि अहिलेसम्म ६२० जना नेपाली मुस्लिम साउदी आइसकेको भएपनि सो घटनाबाट सबै नेपाली तिर्थयात्री सुरक्षित रहेको कार्यबाहक राजदूत शर्माले बताए ।
विश्वका मुस्लिम समुदायहरुको सबैभन्दा ठूलो पवित्र तीर्थस्थलका रुपमा रहेको उक्त मस्जिद क्षेत्रलाई बिस्तार गर्ने कार्य भइरहेकोले मस्जिद माथि क्रेन रहेको थियो । निर्माण कार्यका लागि मस्जिदको एक भागमा ठड्याइएको ठूलो क्रेन खसेको थियो ।
विश्वभरबाट हजका लागि यहाँ आउने लाखौँ मुसलमानलाई हज यात्राका लागि स्वागतको तयारी भइरहेको थियो । हज सुरु हुन १० दिन बाँकी रहँदा हजका लागि विश्वभरबाट अहिलेसम्म दश लाख मानिस साउदी आइसकेको बताइएको छ ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित