
सिरहा दङ्गाग्रस्त क्षेत्र
लहान, २४ भदौ । जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहा खण्डको दायाँबायाँ पाँच सय मि खण्डमा दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज अपराह्न सार्वजनिक सूचना जारी गर्दै सिरहाको पश्चिमी सिमाना कमला नदी र पूर्वी सिमाना बलान नदीसम्मका क्षेत्रमा आज अपराह्न २ बजेदेखि दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको हो ।
लहान–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आज बिहान १० बजेतिर तोडफोड र आगजनीसहित कार्यालय परिसरमा रहेको मोटरसाइकल सडकमा ल्याएर जलाएपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । त्यसपछि स्थानीय प्रशासनले स्थिति भड्किन नदिन मध्याह्न १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’
फेसबुक