काठमाडौँ, २१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राप्रपा केन्द्रीय कार्य समितिको बैठक भदौ २३ गते बिहान राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा बोलाउनुभएको छ ।
सो पार्टीका प्रवक्ता ठाकुरप्रसाद शर्माले आज एक प्रेस विज्ञप्ति जारी गरी सबै केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।
केन्द्रीय सदस्य निष्काशन भ्रमपूर्ण
राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका १६ केन्द्रीय सदस्य निष्काशित भनी आएका समाचार निराधार र कपोकल्पित भएको जनाएको छ ।
पार्टीका सहप्रवक्ता किरण गिरीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा केन्द्रीय कार्य समितिको पूर्ण बैठकले मात्र निष्काशन तथा कारबाही गर्न सक्ने पार्टीको विधान भएको र लामो समयदेखि सो बैठक बस्न नसकेकाले केन्द्रीय सदस्य निष्काशनको समाचार भ्रमपूर्ण रहेको भनिएको छ ।
पार्टीको बहुमत सदस्यले नेता लोकेन्द्रबहादुर चन्दलाई यही भदौ २० गते अध्यक्ष बनाएको र सोही परिपत्र ७५ वटै जिल्ला समितिमा गर्न लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसै हप्ता पार्टीको पूर्ण बैठक बस्ने र त्यसले समसामयिक विषयवस्तुमा निर्णय गर्ने छ । पार्टीको संसदीय दलको बैठक मङ्गलबार दलको कार्यालयमा बस्ने जनाइएको छ ।
पार्टी नेता पशुपतिशम्शेर राणाको गत जेठ २५ गते पछिल्लो एक वर्षको कार्यकाल पूरा भएपछि पनि नेतृत्व हस्तान्तरण नगरेपछि केन्द्रीय कार्य समितिको बहुमत सदस्यले उहाँलाई हटाउने निर्णय आइतबार गरिएकाले राणाले गर्ने कुनै पनि निर्णयमा पार्टीको आधिकारिकता नरहने जनाइएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा