काठमाडौँ, २१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राप्रपा केन्द्रीय कार्य समितिको बैठक भदौ २३ गते बिहान राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा बोलाउनुभएको छ ।
सो पार्टीका प्रवक्ता ठाकुरप्रसाद शर्माले आज एक प्रेस विज्ञप्ति जारी गरी सबै केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।
केन्द्रीय सदस्य निष्काशन भ्रमपूर्ण
राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका १६ केन्द्रीय सदस्य निष्काशित भनी आएका समाचार निराधार र कपोकल्पित भएको जनाएको छ ।
पार्टीका सहप्रवक्ता किरण गिरीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा केन्द्रीय कार्य समितिको पूर्ण बैठकले मात्र निष्काशन तथा कारबाही गर्न सक्ने पार्टीको विधान भएको र लामो समयदेखि सो बैठक बस्न नसकेकाले केन्द्रीय सदस्य निष्काशनको समाचार भ्रमपूर्ण रहेको भनिएको छ ।
पार्टीको बहुमत सदस्यले नेता लोकेन्द्रबहादुर चन्दलाई यही भदौ २० गते अध्यक्ष बनाएको र सोही परिपत्र ७५ वटै जिल्ला समितिमा गर्न लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसै हप्ता पार्टीको पूर्ण बैठक बस्ने र त्यसले समसामयिक विषयवस्तुमा निर्णय गर्ने छ । पार्टीको संसदीय दलको बैठक मङ्गलबार दलको कार्यालयमा बस्ने जनाइएको छ ।
पार्टी नेता पशुपतिशम्शेर राणाको गत जेठ २५ गते पछिल्लो एक वर्षको कार्यकाल पूरा भएपछि पनि नेतृत्व हस्तान्तरण नगरेपछि केन्द्रीय कार्य समितिको बहुमत सदस्यले उहाँलाई हटाउने निर्णय आइतबार गरिएकाले राणाले गर्ने कुनै पनि निर्णयमा पार्टीको आधिकारिकता नरहने जनाइएको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी