काठमाडौँ, १८ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको निर्देशन विपरीत नेपालको संविधान–२०७२ को परिमार्जित विधेयकमाथि आज संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
नेता कोइरालाले संविधानसभा नियमावली, २०७० को नियम ९९ बमोजिम संविधानको परिमार्जित विधेयकमा प्रस्तावनासहितका विषयमा असहमति जनाउँदै संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
काँग्रेस पार्टीले मात्र हैन अन्य प्रमुख पार्टीले दुईतिहाइ बहुमतबाट पारित नहुने कुनै पनि संशोधन प्रस्ताव दर्ता नगर्न आ–आफ्ना सभासद्लाई निर्देशन दिएको बेला कोइरालाले पार्टी निर्देशन विपरीत पार्टीको आधारभूत पहिचान जोगाउन सो प्रस्ताव दर्ता गराएको बताए ।
उनले दर्ता गराएको प्रस्तावमा संविधानको प्रस्तावनामा रहेका ‘त्याग’ ‘बलिदानको गौरवपूर्ण’ लगायतका शब्द हटाउनुपर्ने, तेस्रो अनुच्छेद पूरै हटाउनुपर्ने उल्लेख छ । प्रस्तावनाको पाँचाँै अनुच्छेदमा रहेको ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय’ शब्द हटाई यसमा ‘बहुदलवादमा आधारित’ शब्द राख्न र ‘धर्म निरपेक्षता’ र ‘समाजवाद’ शब्द हटाउनुपर्ने उल्लेख छ ।
पार्टीको निर्देशन विपरीत संशोधन प्रस्ताव दर्ता गर्नुभयो नि भन्ने राससको जिज्ञासामा नेता कोइरालाले काँग्रेसको जन्म नै बहुलवादलाई स्थापित गर्न भएकाले प्रस्तावनामा सो शब्द राख्न प्रस्ताव दर्ता गरेको बताए ।
उनले पार्टीको कारबाहीभन्दा पनि पार्टीको मौलिकता बचाउन, सेनाको तटस्थ भूमिका कायम राख्न, शक्तिपृथकीकरण कायम होस् तथा समानुपातिक समावेशी संविधान निर्माण जारी होस् भनेर सो प्रस्ताव दर्ता गरेको जानकारी दिए ।
उनको प्रस्तावमा संवैधानिक अदालतको सट्टा सर्वोच्च अदालतमै यसको छुट्टै बेन्च स्थापना गर्नुपर्ने, नेपाली सेनाको परिचालन मन्त्रिपरिषद् वा सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने प्रावधान राख्नुपर्ने तथा समानुपातिक समावेशीका आधारमा संवैधानिक निकायमा नियुक्ति हुनुपर्ने प्रस्ताव गरिएको छ ।
यस सम्बन्धमा काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रस्ताव व्यक्तिगत भएको र यसको सम्पूर्ण जिम्मेवार कोइराला नै भएको प्रतिक्रिया दिएका छन् ।
सभासद् आचार्यद्वारा संसदीय दलमा संशोधन दर्ता
काँग्रेस सभासद् सुरेन्द्रराज आचार्यले नेपालको संविधान–२०७२ को परिमार्जित विधेयकमाथि संशोधनका लागि आज काँग्रेस संसदीय दलमा सुझाव पेस गरेका छन् ।
सो प्रस्तावमा प्रतिनिधिसभामा २७५ सदस्य सङ्ख्याको सट्टा २०५ राख्न, समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न, मुस्लिम, मधेसी, थारु, आदिवासी जनजाति आयोगलाई संवैधानिक बनाउन, राष्ट्रिय सभा पूर्ण समानुपातिक समावेशी प्रक्रियाद्वारा गठन गर्न तथा प्रदेश सीमाङ्कनका सम्बन्धमा समेत केही सुझाव उल्लेख छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग