
टोकियोमा सम्पन्न तीज सुन्दरी प्रतियोगिताका उपाधि विजेता स्याम्पी खड्का, प्रथम मनिषा खड्का र द्वितीय स्मृति राई । तस्बिर ः प्रकाश पन्थी, टोकियो, रासस
टोकियो, १५ भदौ । जापानमा रोजगार, अध्ययन तथा व्यापार व्यवसायका लागि विदेशिएका नेपालीले विदेशमा पनि आफ्नो कला संस्कृतिलाई भुल्न सकेका छैनन् ।
जतिसुकै व्यस्त रहे पनि आफ्नो परम्परालाई सम्झाउन कहिले नाचगान गर्छन् त कहिले विभिन्न कला प्रदर्शनी ।
त्यस्तै, कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नजिकिँदै गरेको नेपाली हिन्दू महिलाको महान् चाड तीजलाई लक्षित गरी टोकियोमा पहिलो पटक स्थानीय नेपाली महिला समूहले हालै तीज सुन्दरी प्रतियोगिता आयोजना ग¥यो ।
प्रतियोगितामा नेपाली कला संस्कृतिमा उत्कृष्ट कला प्रदर्शन गरेर स्याम्पी खड्काले उपाधि हात पारिन् । प्रतियोगितामा मनिषा खड्का प्रथम र स्मृति राई दोस्रो रनर अप भए । बालप्रतियोगीतर्फ सायुरी खड्काले उपाधि पाएकी छिन् ।
त्यस्तै, नृत्यतर्फ पवित्रा रेग्मीले उपाधि हात पारिन् । राम्रो प्रदर्शनतर्फ रेखा भट्टराई र व्यक्तित्वतर्फ सङ्गीता खत्री विजेता भइन् ।
एक सय ५० जना सहभागीमध्ये १२ प्रतिस्पर्धीबाट वेशभूषा, शृङ्गार, व्यक्तित्व र अभिनय तथा प्रतिभासहित विविध विधाका आधारमा सहभागीलाई उत्कृष्ट घोषित गरिएको प्रतियोगिताका निर्णायक बलराम निराकारले बताए ।
तीजलाई लक्षित गर्दै जापानमा विभिन्न सङ्घसंस्थाले दर खानेदेखि नाचगानका कार्यक्रमसम्म सार्वजनिक गरेका छन् । ती कार्यक्रमहरु अर्कोसातादेखि लगातार तीजका दिनसम्म राखिएका छन् ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?