टोकियोमा स्याम्पी खड्का बनिन् तीज सुन्दरी

टोकियोमा सम्पन्न तीज सुन्दरी प्रतियोगिताका उपाधि विजेता स्याम्पी खड्का, प्रथम मनिषा खड्का र द्वितीय स्मृति राई । तस्बिर ः प्रकाश पन्थी, टोकियो, रासस

टोकियोमा सम्पन्न तीज सुन्दरी प्रतियोगिताका उपाधि विजेता स्याम्पी खड्का, प्रथम मनिषा खड्का र द्वितीय स्मृति राई । तस्बिर ः प्रकाश पन्थी, टोकियो, रासस

टोकियो, १५ भदौ । जापानमा रोजगार, अध्ययन तथा व्यापार व्यवसायका लागि विदेशिएका नेपालीले विदेशमा पनि आफ्नो कला संस्कृतिलाई भुल्न सकेका छैनन् ।

जतिसुकै व्यस्त रहे पनि आफ्नो परम्परालाई सम्झाउन कहिले नाचगान गर्छन् त कहिले विभिन्न कला प्रदर्शनी ।

त्यस्तै, कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नजिकिँदै गरेको नेपाली हिन्दू महिलाको महान् चाड तीजलाई लक्षित गरी टोकियोमा पहिलो पटक स्थानीय नेपाली महिला समूहले हालै तीज सुन्दरी प्रतियोगिता आयोजना ग¥यो ।

प्रतियोगितामा नेपाली कला संस्कृतिमा उत्कृष्ट कला प्रदर्शन गरेर स्याम्पी खड्काले उपाधि हात पारिन् । प्रतियोगितामा मनिषा खड्का प्रथम र स्मृति राई दोस्रो रनर अप भए । बालप्रतियोगीतर्फ सायुरी खड्काले उपाधि पाएकी छिन् ।

त्यस्तै, नृत्यतर्फ पवित्रा रेग्मीले उपाधि हात पारिन् । राम्रो प्रदर्शनतर्फ रेखा भट्टराई र व्यक्तित्वतर्फ सङ्गीता खत्री विजेता भइन् ।

एक सय ५० जना सहभागीमध्ये १२ प्रतिस्पर्धीबाट वेशभूषा, शृङ्गार, व्यक्तित्व र अभिनय तथा प्रतिभासहित विविध विधाका आधारमा सहभागीलाई उत्कृष्ट घोषित गरिएको प्रतियोगिताका निर्णायक बलराम निराकारले बताए ।

तीजलाई लक्षित गर्दै जापानमा विभिन्न सङ्घसंस्थाले दर खानेदेखि नाचगानका कार्यक्रमसम्म सार्वजनिक गरेका छन् । ती कार्यक्रमहरु अर्कोसातादेखि लगातार तीजका दिनसम्म राखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री