
कतार आएका लुम्ले–२ कास्कीका भवानी शङ्कर चापागाइ यतिखेर आमाको मृत्यु हुँदा पनि कम्पनीले तलब सहित नेपाल फर्किन नदिंदा पीडामा छन् । तस्बिर ः नवराज वि.क दोहा, कतार, रासस
दोहा (कतार), ११ भदौ । तीन वर्ष अगाडि कतार आएका लुम्ले–२ कास्कीका भवानीशङ्कर चापागार्इं यतिखेर नेपाल फर्किन नपाएर पीडाका दिन झेल्दै छन् ।
हाइ इन्जिनियरिङ कन्ट्रक्सन कम्पनीमा कार्यरत चापागाईं आफ्नी आमाको निधन भएको अवस्थामा समेत कम्पनीले घर नपठाउँदा उनी समस्यामा परेका हन् । यतिखेर उनका पितासमेत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नाजुक अवस्थामा उपचारार्थ छन् ।
पीडित चापागाईँले भने, “घरको तनाब एकतिर हुँदाहुँदै पनि अहिले कम्पनीले न त तलबै दिन्छ, न त घर जान बिदा नै दिन्छ, काम गरेको राम्रोसँग तलब नदिएको छ महिना भइसकेको छ भने दुई महिनादेखि न काम न दाम खाली हात बस्नुपरेको छ ।”
घर जान पटक पटक प्रयास गर्दा समेत उनी कार्यरत कम्पनीले बेवास्ता गरिदिँदा उनी दूतावासमा आफ्नो समस्या लिएर गएका थिए । दूतावासले श्रम अदालतलाई पत्र लेखिदिएको थियो तर अदालतले कम्पनीको मालिकलाई बोलाउँदा उनी नगएपछि उनको काम कहीँ कतै टुङ्गोमा पुग्न सकेको छैन ।
“कम्पनीका मालिक पाकिस्तानी हुन्, तिमीलाई नेपाल पठाउँदि, जे गर्न सक्छौ गर” भन्दै मलाई धम्काउने गर्छन्” पीडितले भने ।
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]