
कतार आएका लुम्ले–२ कास्कीका भवानी शङ्कर चापागाइ यतिखेर आमाको मृत्यु हुँदा पनि कम्पनीले तलब सहित नेपाल फर्किन नदिंदा पीडामा छन् । तस्बिर ः नवराज वि.क दोहा, कतार, रासस
दोहा (कतार), ११ भदौ । तीन वर्ष अगाडि कतार आएका लुम्ले–२ कास्कीका भवानीशङ्कर चापागार्इं यतिखेर नेपाल फर्किन नपाएर पीडाका दिन झेल्दै छन् ।
हाइ इन्जिनियरिङ कन्ट्रक्सन कम्पनीमा कार्यरत चापागाईं आफ्नी आमाको निधन भएको अवस्थामा समेत कम्पनीले घर नपठाउँदा उनी समस्यामा परेका हन् । यतिखेर उनका पितासमेत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नाजुक अवस्थामा उपचारार्थ छन् ।
पीडित चापागाईँले भने, “घरको तनाब एकतिर हुँदाहुँदै पनि अहिले कम्पनीले न त तलबै दिन्छ, न त घर जान बिदा नै दिन्छ, काम गरेको राम्रोसँग तलब नदिएको छ महिना भइसकेको छ भने दुई महिनादेखि न काम न दाम खाली हात बस्नुपरेको छ ।”
घर जान पटक पटक प्रयास गर्दा समेत उनी कार्यरत कम्पनीले बेवास्ता गरिदिँदा उनी दूतावासमा आफ्नो समस्या लिएर गएका थिए । दूतावासले श्रम अदालतलाई पत्र लेखिदिएको थियो तर अदालतले कम्पनीको मालिकलाई बोलाउँदा उनी नगएपछि उनको काम कहीँ कतै टुङ्गोमा पुग्न सकेको छैन ।
“कम्पनीका मालिक पाकिस्तानी हुन्, तिमीलाई नेपाल पठाउँदि, जे गर्न सक्छौ गर” भन्दै मलाई धम्काउने गर्छन्” पीडितले भने ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?