
अधिकार कटौती गरिएको भन्दै दलित समुदायको तेस्रो चरणको आन्दोलन
काठमाडौँ, ४ भदौ । संविधानको प्रारम्भिक मस्यौदामा आफ्नो अधिकार कटौती गरिएको भन्दै पहिलो र दोस्रो चरणको आन्दोलनपछि दलित समुदायले तेस्रो चरणको आन्दोलनअन्तर्गत आज राजधानी र अन्य जिल्लाबाट तीन लाख हस्ताक्षर सङ्कलन गरेको छ ।
विभिन्न राजनीतिक दलनिकट भ्रातृ सङ्घसङ्गठन र दलित नागरिक समाज सम्मिलित संयुक्त दलित आन्दोलन, नेपालले रत्नपार्क र नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा तथा सर्वसाधारणले समेत हस्ताक्षर गरेका छन् ।
दलित आन्दोलनका अगुवा तथा पूर्वसभासद् विनोद पहाडीलेसो हस्ताक्षर सभाध्यक्ष सुवासलाई बुझाइने जानकारी दिए ।
तेह्र प्रतिशत जनसङ्ख्या रहेको दलित समुदायले सङ्घ, प्रदेश र स्थानीय तहका व्यवस्थापिकामा दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरी क्षतिपूर्तिस्वरूप सङ्घमा तीन, प्रदेशमा पाँच र स्थानीय निकायमा १० प्रतिशत थप प्रतिनिधित्वको संवैधानिक व्यवस्था गर्नुपर्ने, दलित दलितबीच प्रतिस्पर्धा गर्ने छुट्टै निर्वाचन क्षेत्र सुरक्षित गरिनुपर्नेलगायत नौबुँदे माग राख्दै आएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापनपक्षद्वारा सहमतिको उल्लङ्घन
- बेलायतमा अफ्रिकाका नयाँ भेरियन्टका ७७ संक्रमित फेला परे
- कोरोना विरुद्धको खोप अभियान १४ माघमा प्रधानमन्त्री ओलीले शुभारम्भ गर्ने
- भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी
- जोन्सन र बाइडेनबीच सम्बन्ध बलियो बनाउन छलफल
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति