काठमाडौँ, ४ भदौ । संविधानको प्रारम्भिक मस्यौदामा आफ्नो अधिकार कटौती गरिएको भन्दै पहिलो र दोस्रो चरणको आन्दोलनपछि दलित समुदायले तेस्रो चरणको आन्दोलनअन्तर्गत आज राजधानी र अन्य जिल्लाबाट तीन लाख हस्ताक्षर सङ्कलन गरेको छ ।
विभिन्न राजनीतिक दलनिकट भ्रातृ सङ्घसङ्गठन र दलित नागरिक समाज सम्मिलित संयुक्त दलित आन्दोलन, नेपालले रत्नपार्क र नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा तथा सर्वसाधारणले समेत हस्ताक्षर गरेका छन् ।
दलित आन्दोलनका अगुवा तथा पूर्वसभासद् विनोद पहाडीलेसो हस्ताक्षर सभाध्यक्ष सुवासलाई बुझाइने जानकारी दिए ।
तेह्र प्रतिशत जनसङ्ख्या रहेको दलित समुदायले सङ्घ, प्रदेश र स्थानीय तहका व्यवस्थापिकामा दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरी क्षतिपूर्तिस्वरूप सङ्घमा तीन, प्रदेशमा पाँच र स्थानीय निकायमा १० प्रतिशत थप प्रतिनिधित्वको संवैधानिक व्यवस्था गर्नुपर्ने, दलित दलितबीच प्रतिस्पर्धा गर्ने छुट्टै निर्वाचन क्षेत्र सुरक्षित गरिनुपर्नेलगायत नौबुँदे माग राख्दै आएको छ ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस