लन्डन । एक जना प्रेरणादायी नेपाली महिला स्वास्थ्य कार्यकर्ता आगामी १४ अगष्ट शुक्रबार लिभरपुलमा साक्षात्कार गर्न आउने भएकी छिन् । लिभरपुलस्थित जोन मुर युनिभर्सिटीमा उनले दिने मन्तव्य धेरैलाई चासोको विषय छ । विश्वविद्यालयको समाजशास्त्र विभागले गर्ने उक्त कार्यक्रमका लागि डा. के स्ट्याण्डिङ र डा. सारा पार्कर लागिरहेका छन् ।
बेनी रानी घले धादिङमा जन्मिइन् । पढ्दा पढ्दै उनले प्राथमिक शिक्षा त्याग्नु पर्यो र परिवारलाई सघाउन थालिन् । १२ वर्षको कलिलो उमेरमै उनलाई बिहेका लागि दवाव दिइयो । त्यो क्षण उनका लागि बडो पीडादायी रह्यो । १३ वर्ष टेक्दै गर्दा उनले पर्यटकका भारी बोक्ने काम गरिन् । त्यही बेला उनलाई साक्षर हुनुको महत्व झन् बढि अनुभूति भयो । जिन्दगीमा धेरै उतार चढाव खेपिन् उनले । विभिन्न अप्ठेराका बाबजुद बेनी रानी केही शिक्षा लिन तल्लीन भइन् ।
टिनएजका बेला उनले हिमालयन हेल्थ केयर अर्गनाइजेशनमा काम गर्ने अवसर पाइन्, जहांबाट बेनी रानीले स्वास्थ्य समस्या र नेपालको दुर्गम गाउंमा यसको प्रभावबारे बुझ्न पाइन् । यसले उनलाई समाजको वृहत्तर हितका लागि काम गर्न प्रेरित गर्यो । केही वर्ष अघि उनले आफ्नो जिल्लाका अन्य महिलासंग मिलेर गाउंमा रिसाइकल गर्न मिल्ने घांसको बास्केट उत्पादन शुरु गरिन् र गाउं तथा विश्व बजारमा विक्री वितरण हुन थाल्यो । यसले तीनसय महिलालाई आम्दानीको श्रोत बन्न पुग्यो । बेनी रानीले लैंगिक हिंसा, यौन बेचविखन, वाल विवाह विरुद्ध कार्य गर्न एवं महिला स्वास्थ्य र स्कुल छाडेका स साना वालवालिकाका पक्षमा काम गर्न झन् साथ पाइन् । अनि उनलाई एउटा संस्था खोल्न उत्प्रेरित गर्यो । उनको बेनी ह्याण्डीक्राफ्ट महिला सशक्तिकरणका लागि उदाहरणीय संस्था बनेको छ अहिले ।
बेनी रानीले हालै भूकम्पका बेला पीडितहरुको राहत कार्यमा गरेको योगदान पनि स्मरणयोग्य छ ।
उक्त सेमिनारमा बेनी रानीलाई अझै बुझ्न सकिने आयोजकले जनाएका छन् ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने