
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अन्तर्गत आज भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा आज भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो ।
जितका लागि नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा छ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । अमेरिकाका लागि साइत्यजा मुकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । उनले १०१ बलमा दुई चौका र एक छक्काको सहयोगमा ७५ रन बनाएका हुन् । त्यस्तै मिलिन्द कुमारले ६६ बलमा ७० रन बनाए ।
साइन जाहाङिरले ३६, मोनाङ पटेलले २१, सुभम रन्जनले १९ र स्मित पटेलले १६ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले तीन विकेट लिए भने गुल्सन झा, करण केसी र नन्दन यादवले समान एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंहले सर्वाधिक ७५ रन बनाए । उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । त्यस्तै करण केसीले ३१ बलमा दुई चौका र तीन छक्कासहित ४९ रनको योगदान दिए । कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए ।
अमेरिकाका लागि हर्मित सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई/दुई विकेट लिए । त्यस्तै जसदीप सिंह र शुभम रन्जानेले समान एक/एक विकेट लिए ।
जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । जारी शृङ्खलामा लगातार तेस्रो जित निकालेको अमेरिका लिग-२ तालिकाको शीर्ष स्थानमा छ । अमेरिकाले २३ खेलमा ३४ अङ्क जोडेको छ । नेपाल १९ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ ।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा