लन्डन । लन्डनस्थित नेपाली दूतावासले स्थायी आवासीय अधिकार (पिआर) लिएका कोही निजामति कर्मचारी भए दूतावासमा विवरण पेश गर्न अनुरोध गरेको छ ।
आज शुक्रबार एक सूचना जारी गर्दै दूतावासले सामान्य प्रशासन मन्त्रालयको निर्देशन बमोजिम पिआरधारी कर्मचारीलाई विवरण पेश गर्न भनेको हो । नेपाल राजपत्रमा प्रकाशित निजामती सेवा (चौथो संशोधन) ऐन, २०७२ खण्ड ६५, को प्रावधान बमोजिम २०७३ असार २९ देखि लागू हुने गरि निजामति कर्मचारीलाई विदेशको स्थायी आवासीय अधिकार लिन रोक लगाएको छ । त्यस्तो अधिकार लिने कर्मचारीले कि जागिर वा पिआर त्याग्नुपर्ने प्रावधान छ ।
दूतावासको सूचना
२०७३ असार २९ देखि लागू हुने गरि सोही मितिको नेपाल राजपत्रमा प्रकाशित निजामती सेवा (चौथो संशोधन) ऐन, २०७२ खण्ड ६५, को प्रावधान बमोजिम निजामति कर्मचारीलाई स्थायी आवासीय अनुमति नलिन एवं सोको लागि आवेदन नदिन तथा यो कानुनी व्यवस्था लागू हुनुअघि स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमतिका लागि आवेदन दिएको भए ऐनमा तोकिएको मितिभित्र विवरण पेश गर्न, गराउन र कानुन विपरित कसैले त्यस्तो कार्य गरेको भए सोको जानकारी गराउनु हुन भनि श्री सामान्य प्रशासन मन्त्रालयबाट लेखी आएको हुंदा सातदिनभित्र यस दूतावासमा विवरण पेश गर्न अनुरोध गरिन्छ ।
नेपाली राजदूतावास
लन्डन
२०७२, ०४, ११
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र