लन्डन । मध्य ब्रिटिश समर । मौसमले पनि साथ दिइरहेको थियो गत आइतबार । लन्डनबाट केही परको जमघट । जमघटको सिजनै हो अहिले, तर त्यसदिनको जमघट अलिक रोमाञ्चक लाग्थ्यो । फरक समुदाय, फरक शैली ।
नेपाली ब्याडमिन्टन खेलाडीहरुले ‘समर चिल आउट’ का लागि रोजेका थिए रोयल एयर फोर्स, हाइ वेकम्ब प्राङ्गण । आरएएफ कोर्टभित्र राखिएको मैत्रीपूर्ण ब्याडमिन्टन खेल मध्यान्हदेखि झण्डै चार घण्टा चल्यो । सहभागी करिब ४० जना ब्याडमिन्टन खेलाडीहरुमध्ये अधिकांश नेपाल छंदाका राष्ट्रिय खेलाडी भएकाले खेल रोमाञ्चक नहुने कुरै थिएन ।
खेलमा एक समयका राष्ट्रिय खेलाडीहरु सकुन लिम्बु, मिरा राना गुरुङ, लोकजित गुरुङ देखि सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक राष्ट्र राई, व्यवसायी दौलत राई, तेक्वान्दो अनि ब्याडमिन्टन खेलाडी विमला लिम्बु लगायतको सहभागिता थियो ।
‘हामीले भेटघाटलाई अलिक फरक बनाउन खोजेका हौं’, कार्यक्रमको चांजोपांजो मिलाउने लोकजित गुरुङले भने, ‘यस्तो मैत्रीपूर्ण खेल आयोजनाले भेटघाट अनि आपसी सम्वन्ध अरु गाढा बनाउने हाम्रो विश्वास छ ।’ यस्तो वार्षिक भेला वर्षेनी गरिने संयोजक लोकजित गुरुङले जनाए । ब्याटमिन्टन खेलमा बढि दख्खल राख्ने उनी यूके नेपाल ब्याडमिन्टन एसोसिएसनका संस्थापक पनि हुन् ।
खेल सकिएपछि नजिकैको हलमा बीबीक्यू पार्टी आयोजना भयो । नाचगान, गीतसंगीत । रेडियो राइनोका रन्जित बस्नेतको डिजेइङले राती अबेरसम्म नचायो सहभागीलाई ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित