लन्डन । मध्य ब्रिटिश समर । मौसमले पनि साथ दिइरहेको थियो गत आइतबार । लन्डनबाट केही परको जमघट । जमघटको सिजनै हो अहिले, तर त्यसदिनको जमघट अलिक रोमाञ्चक लाग्थ्यो । फरक समुदाय, फरक शैली ।
नेपाली ब्याडमिन्टन खेलाडीहरुले ‘समर चिल आउट’ का लागि रोजेका थिए रोयल एयर फोर्स, हाइ वेकम्ब प्राङ्गण । आरएएफ कोर्टभित्र राखिएको मैत्रीपूर्ण ब्याडमिन्टन खेल मध्यान्हदेखि झण्डै चार घण्टा चल्यो । सहभागी करिब ४० जना ब्याडमिन्टन खेलाडीहरुमध्ये अधिकांश नेपाल छंदाका राष्ट्रिय खेलाडी भएकाले खेल रोमाञ्चक नहुने कुरै थिएन ।
खेलमा एक समयका राष्ट्रिय खेलाडीहरु सकुन लिम्बु, मिरा राना गुरुङ, लोकजित गुरुङ देखि सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक राष्ट्र राई, व्यवसायी दौलत राई, तेक्वान्दो अनि ब्याडमिन्टन खेलाडी विमला लिम्बु लगायतको सहभागिता थियो ।
‘हामीले भेटघाटलाई अलिक फरक बनाउन खोजेका हौं’, कार्यक्रमको चांजोपांजो मिलाउने लोकजित गुरुङले भने, ‘यस्तो मैत्रीपूर्ण खेल आयोजनाले भेटघाट अनि आपसी सम्वन्ध अरु गाढा बनाउने हाम्रो विश्वास छ ।’ यस्तो वार्षिक भेला वर्षेनी गरिने संयोजक लोकजित गुरुङले जनाए । ब्याटमिन्टन खेलमा बढि दख्खल राख्ने उनी यूके नेपाल ब्याडमिन्टन एसोसिएसनका संस्थापक पनि हुन् ।
खेल सकिएपछि नजिकैको हलमा बीबीक्यू पार्टी आयोजना भयो । नाचगान, गीतसंगीत । रेडियो राइनोका रन्जित बस्नेतको डिजेइङले राती अबेरसम्म नचायो सहभागीलाई ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?