काठमाडौँ, ४ साउन । काठमाडौँ उपत्यकामा प्लास्टिक झोला निषेध गर्ने सरकारको निर्णयलाई साउनबाट कडाइका साथ लागू गर्न सुरु गरिएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले जनाएको छ ।
वैशाख १ गतेदेखि उपत्यकामा प्लास्टिक झोला निषेध गरी उत्पादन र बिक्री वितरण गर्नेलाई अनुगमन गरेर कारबाही गर्ने निर्णय गरेकामा १२ गतेको भूकम्पपछि रोकिएकाले फेरि काम सुरु गरिएको मन्त्रालयले जनाएको हो ।
प्लास्टिक झोला वातावरणका लागि खराब भएकाले जनचेतना जगाएर वैकल्पिक झोला बोक्ने बानी बसाउने अभियानमा लागिएको मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले जानकारी दिए ।
“चालिस माइक्रोनभन्दा कमको प्लास्टिक झोला उत्पादन र बिक्री वितरण उपत्यकामा निषेध गरिएको छ, यसको सट्टामा वैकल्पिक झोला उत्पादन गराउन घरेलु तथा साना उद्योग विकास समितिसँग सहकार्य गरी ८० जना महिलालाई तालिम दिइएको छ”–उनले भने ।
तालिम लिएका महिलालाई २० वटा झोला उत्पादन गर्ने मेसिनसमेत दिएर वैकल्पिक झोला उत्पादन गर्न प्रोत्साहन गरिएको उहाँले बताउनुभयो । प्लास्टिक झोला बोकेर हिँड्नेलाई सुरुमा सम्झाइबुझाइ गर्ने अटेर गर्नेलाई कारबाहीको प्रक्रियामा लैजाने वातावरण विभागका महानिर्देशक डा सुरज पोखरेलले बताए ।
मन्त्रालयको अभियानपछि उपत्यकामा ३० प्रतिशत प्लास्टिक झोेला कम भएको निष्कर्ष मन्त्रालयले निकालेको छ । वैकल्पिक झोला बनाउने तालिम दिन उपत्यका बाहिर पोखराबाट समेत माग आएकाले विस्तार गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु