काठमाडौँ, ४ साउन । काठमाडौँ उपत्यकामा प्लास्टिक झोला निषेध गर्ने सरकारको निर्णयलाई साउनबाट कडाइका साथ लागू गर्न सुरु गरिएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले जनाएको छ ।
वैशाख १ गतेदेखि उपत्यकामा प्लास्टिक झोला निषेध गरी उत्पादन र बिक्री वितरण गर्नेलाई अनुगमन गरेर कारबाही गर्ने निर्णय गरेकामा १२ गतेको भूकम्पपछि रोकिएकाले फेरि काम सुरु गरिएको मन्त्रालयले जनाएको हो ।
प्लास्टिक झोला वातावरणका लागि खराब भएकाले जनचेतना जगाएर वैकल्पिक झोला बोक्ने बानी बसाउने अभियानमा लागिएको मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले जानकारी दिए ।
“चालिस माइक्रोनभन्दा कमको प्लास्टिक झोला उत्पादन र बिक्री वितरण उपत्यकामा निषेध गरिएको छ, यसको सट्टामा वैकल्पिक झोला उत्पादन गराउन घरेलु तथा साना उद्योग विकास समितिसँग सहकार्य गरी ८० जना महिलालाई तालिम दिइएको छ”–उनले भने ।
तालिम लिएका महिलालाई २० वटा झोला उत्पादन गर्ने मेसिनसमेत दिएर वैकल्पिक झोला उत्पादन गर्न प्रोत्साहन गरिएको उहाँले बताउनुभयो । प्लास्टिक झोला बोकेर हिँड्नेलाई सुरुमा सम्झाइबुझाइ गर्ने अटेर गर्नेलाई कारबाहीको प्रक्रियामा लैजाने वातावरण विभागका महानिर्देशक डा सुरज पोखरेलले बताए ।
मन्त्रालयको अभियानपछि उपत्यकामा ३० प्रतिशत प्लास्टिक झोेला कम भएको निष्कर्ष मन्त्रालयले निकालेको छ । वैकल्पिक झोला बनाउने तालिम दिन उपत्यका बाहिर पोखराबाट समेत माग आएकाले विस्तार गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता