गोरखा । गोरखाका भूकम्पपीडितका लागि विभिन्न सङ्घसंस्थाले जिल्लामा ल्याएका औषधिको म्याद गुर्जेको भेटिएको छ ।
जीवन जल,घाउमा लगाउने बेटाजिन सोलुसन,एमोक्सिलिन इन्टिवायोटिक,मेट्रोडाजोन र नसा र स्नायु रोगसम्बन्धी औषधिको म्याद सकिएको हो । टेन्टभित्र भण्डारण गरिराखेको सात सय प्याकेट औषधिको म्याद दुई महिनाअघि नै सकिएको हो । एक महिना म्याद बाँकी भएका औषधि भूकम्पपीडितका लागि प्रयोग गर्न वैशाखमा जिल्ला भित्र्याइएको थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले म्याद गुर्जेका औषधि टेन्टभित्र भण्डारण गरिराखेको हो । ती औषधि नष्ट गर्न समस्या भएको रेडक्रसका जिल्ला सभापति यदुविलास भट्टराईले बताए । पहिले निर्माण व्यवसायी सङ्घको हलमा भण्डारण गरेको औषधि अहिले टेन्टभित्र राखिएको हो । कारितास नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सङ्घले हल भाडामा दिएपछि रेडक्रसले टेन्टभित्र औषधि राखेको छ ।
“अधिकांश औषधिको म्याद सकिएको छ” सभापति भट्टराईले भने – “म्याद सकिएका सबै औषधि अब नष्ट गरिन्छ ।” पटना रेडक्रसले पर्सा रेडक्रससँग समन्वय गरी गोरखामा औषधि ल्याएको थियो । प्रयोगविहीन भएपछि ती औषधि सडेको हो । म्याद सकिनै लागेका औषधि आएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले वैशाख दोस्रो साता औषधि नझार्न रेडक्रसलाई सुझाव दिएको थियो । तर, रेडक्रसले औषधि झारेर भण्डारण गरेको थियो ।
“कुनै औषधि एक महिना, कुनै दुई महिना, कुनै तीन महिनामात्रै म्याद बाँकी रहेको थियो” जनस्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले भने – “म्याद सकिन लागेका औषधि नष्ट गर्नमात्रै हैरानी हुन्छ भनेर हामीले लिएनौँ । रेडक्रसले भण्डारण गरेछ ।” म्याद सकिएका ती औषधि कहाँ नष्ट गर्ने, कसरी गर्ने ? भन्नेबारे तनाव भएको उनको भनाइ छ ।
जिल्ला दैवी प्रकोप उद्धार समिति गोरखाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले सडेका औषधि नष्ट गरिने बताए । “औषधि नष्ट गर्नुपर्ने छ” उनले भन्नुभयो– “कसले, कहिले, कसरी नष्ट गर्नेभन्नेबारे हामी टुङ्गो लगाउँछौँ ।”
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै