लण्डन । नेपालका भुकम्प पीडितको सहयोगार्थ लण्डनमा हुन लागेको च्यारिटी कार्यक्रममा भाग लिन अभिनेत्री मनिषा कोइराला युके अाउने भएकी छिन् ।
लण्डनस्थित नेपाली कलाकारहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युके र थर्ड आइ नामक इभेन्ट आयोजकको संयुक्त आयोजनामा जुलाई २२ तारिखका दिन सो कार्यक्रम हुँदैछ ।
क्लेअोभन अल्पर्टनमा हुने सो कार्यक्रमबाट उठेको राशी नेपालका भुकम्प पीडितलाई जाने आयोजकहरुले बताएका छन् ।
समाजका अध्यक्ष सनमकुमार बैरागले कार्यक्रममा वलिउडकी प्रख्यात अभिनेत्री कोइरालाको सहभागिता रहने निश्चित गरे । उनले आफ्ना साथीसँगी र परिवारलाई पनि कार्यक्रममा ल्याउन अपील गरेका छन् ।
नेपालको विशिष्ट राजनीतिक कोइराला परिवारमा जन्मिएकी मनिषा कोइरालाले नेपालबाट अभिनयमा हात हाली वलिउडमा दर्जनौँ चलचित्रमा अभिनय गरेकी छिन् ।
अमेरिकामा क्यान्सरको उपचार गरेर आएपछि उनी पुन अभिनयमा फर्किने तरखर गर्दैछिन् ।
संयुक्त राष्ट्र संघले उनलाई गुडविल एम्बासेडर बनाएको छ भने नेपाल सरकारले भुकम्प पुननिर्माणमा सहयोग जुटाउन दुत नियुक्त गरेको छ ।
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग