लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका सदस्य दीपक श्रेष्ठले आगामी नेतृत्वका लागि कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
संघको आगामी सेप्टेम्बर २० मा हुने निर्वाचनका लागि यतिखेर उम्मेदवारी दिने लहर चलिरहेका बेला श्रेष्ठले संघभित्रको आर्थिक विवाद र अस्तव्यस्त वातावरण अन्त्य गर्न कोषाध्यक्षको उम्मेदवारी दिने जनाए ।
कपिलवस्तु समाज यूकेका अध्यक्ष समेत रहेका श्रेष्ठले संघप्रति नेपाली समाजमा नकारात्मक सोच बढ्दै गएका बेला त्यसको निराकरणका लागि आफ्नो उम्मेदवारी हुने दावी गरेका छन् ।
व्यवसायी श्रेष्ठ विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् । पासा पुचः साउथ इष्टमा कोषाध्यक्ष, महासचिव हुंदै हाल उपाध्यक्ष रहेका उनी नेपाल फोरम ग्रीनवीचका सहकोषाध्यक्ष र अन्तराष्टिय नेपाली कलाकार संघमा उपाध्यक्ष छन् ।
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
पोखरा विमानस्थल अनियमितता प्रकरणमा नेपाली कांग्रेस नेतासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित