म्याड्रिड, २८ असार । स्पेनका प्रधानमन्त्री म्यारियानो रजोइले ग्रीस र युरो समूह राष्ट्रबीचको ऋण दाता सम्बन्धमा चुलिएको विवादलाई मध्यनजर गर्दै सोमबार सन्तुलित समजदारी सर्त प्रस्ताव गरेका छन् ।
स्पेनको यो सर्तले युरो समूहका सदस्य राष्ट्र वा ग्रीसका ऋण दाताबीच भएको विवाद समाधान गर्न मध्यस्थ भूमिका खेलेकोे र ग्रीसको अर्थतन्त्रलाई उकास्नु साथै युरो क्षेत्रलाई मजबुत बनाउने रजाईको विश्वास छ ।
‘मलाई लाग्छ यो सन्तुलित सर्त थियो,’ एथेन्सको आर्थिक विवादमा कडा विचार प्रस्तुत गर्नु हुने मध्येका एक स्पेनी प्रधानमन्त्रीले पत्रकारसँग भनेका छन् । ‘मुख्य कुरा के हो भने सबैले आ–आफ्नो भूमिका निभाउनुपर्छ र वचनबद्धता पूरा गर्नु पर्छ,’ उनले थपे ।
यसैबीच इटालीका प्रधानमन्त्री माटेओ रेन्जीले सोमबार युरोपेली युनियनको तेस्रो ग्रीक जमानत सम्बन्धमा भएको सम्झौता महत्वपूर्ण भएको भन्दै यसबाट दुवै पक्षको हित हुने बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यसमा कसैको जित अथवा कसैलाई कम आङ्कलन नगरिएको ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा रेन्जीले बताए ।
‘हामीबीच आज राति भएको सहमति महत्वपूर्ण भए पनि छलफलका क्रममा यहाँसम्म पुगिन्छ होला भन्ने कमै मात्र आशा थियो । किनभने यो जटिल विषय थियो,’ उनले पत्रकारसँग भने । यसअघि सोमबार बिहानै युरोपेली आयोगका अध्यक्ष डोनाल्ड टस्कले एथेन्ससँग युरो समूहका राष्ट्रबीच भएको सहमति सर्वसम्मत भएको जनाएका थिए ।
ग्रीसले स्वायत्तताको बाटो रोजेको थियो । जनमत सङ्ग्रह प्रजातान्त्रिक सिद्धान्तअनुसार सम्मानजक छनौट थियो तर ग्रीक नागरिकका लागि उत्तिकै खतरनाक पनि हुन सक्थ्यो । यो समग्रमा ‘गलत’ थियो किनकी यो युरो समूह सदस्यबीच सल्लाह नभई आएको ग्रीसको निर्णय थियो ।
गए रातीको सहमति सबैको योगदानबाट सम्भव भएको छ । ग्रीक युरो समूहबाट बाहिरिनबाट जोगिएको छ भने यसका सदस्य राष्ट्रहरूले आफ्नो साझेदार सदस्यलाई समेट्न सफल भएको रेन्जीले जनाए ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
विचार : सहजताको मूल्य र गोपनीयता