म्याड्रिड, २८ असार । स्पेनका प्रधानमन्त्री म्यारियानो रजोइले ग्रीस र युरो समूह राष्ट्रबीचको ऋण दाता सम्बन्धमा चुलिएको विवादलाई मध्यनजर गर्दै सोमबार सन्तुलित समजदारी सर्त प्रस्ताव गरेका छन् ।
स्पेनको यो सर्तले युरो समूहका सदस्य राष्ट्र वा ग्रीसका ऋण दाताबीच भएको विवाद समाधान गर्न मध्यस्थ भूमिका खेलेकोे र ग्रीसको अर्थतन्त्रलाई उकास्नु साथै युरो क्षेत्रलाई मजबुत बनाउने रजाईको विश्वास छ ।
‘मलाई लाग्छ यो सन्तुलित सर्त थियो,’ एथेन्सको आर्थिक विवादमा कडा विचार प्रस्तुत गर्नु हुने मध्येका एक स्पेनी प्रधानमन्त्रीले पत्रकारसँग भनेका छन् । ‘मुख्य कुरा के हो भने सबैले आ–आफ्नो भूमिका निभाउनुपर्छ र वचनबद्धता पूरा गर्नु पर्छ,’ उनले थपे ।
यसैबीच इटालीका प्रधानमन्त्री माटेओ रेन्जीले सोमबार युरोपेली युनियनको तेस्रो ग्रीक जमानत सम्बन्धमा भएको सम्झौता महत्वपूर्ण भएको भन्दै यसबाट दुवै पक्षको हित हुने बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यसमा कसैको जित अथवा कसैलाई कम आङ्कलन नगरिएको ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा रेन्जीले बताए ।
‘हामीबीच आज राति भएको सहमति महत्वपूर्ण भए पनि छलफलका क्रममा यहाँसम्म पुगिन्छ होला भन्ने कमै मात्र आशा थियो । किनभने यो जटिल विषय थियो,’ उनले पत्रकारसँग भने । यसअघि सोमबार बिहानै युरोपेली आयोगका अध्यक्ष डोनाल्ड टस्कले एथेन्ससँग युरो समूहका राष्ट्रबीच भएको सहमति सर्वसम्मत भएको जनाएका थिए ।
ग्रीसले स्वायत्तताको बाटो रोजेको थियो । जनमत सङ्ग्रह प्रजातान्त्रिक सिद्धान्तअनुसार सम्मानजक छनौट थियो तर ग्रीक नागरिकका लागि उत्तिकै खतरनाक पनि हुन सक्थ्यो । यो समग्रमा ‘गलत’ थियो किनकी यो युरो समूह सदस्यबीच सल्लाह नभई आएको ग्रीसको निर्णय थियो ।
गए रातीको सहमति सबैको योगदानबाट सम्भव भएको छ । ग्रीक युरो समूहबाट बाहिरिनबाट जोगिएको छ भने यसका सदस्य राष्ट्रहरूले आफ्नो साझेदार सदस्यलाई समेट्न सफल भएको रेन्जीले जनाए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा