लण्डन । नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति जर्मनीको निर्वाचन यही जुलाइ २६ मा हुने भएको छ । फ्रेंकफोर्ट, बर्लिन, मुन्चेन, हाम्बर्ग र वेस्टफालेन क्षेत्रमा निर्वाचन हुने समितिले जनाएको छ ।
समितिको तेस्रो अधिवेसन नेपालको भूकम्प र साधारण सदस्यताका लागि दुई पटक समय थपिएका कारण पर सरेको थियो । यसपटक भने जुलाइ २६ मा निर्वाचन सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका संयोजक दिलबहादुर गुरुङले निर्वाचन कार्यमा सरिक भइ संस्थालाई सुदृढ बनाउन आग्रह गरेका छन् ।
समितिले निर्वाचनका लागि तालिका पनि प्रकाशन गरेको छ । जसअनुसार १४ जुलाइमा मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमा दावी विरोध १४ जुलाइ ५ बजेपछि, १५ जुलाइमा अन्तिम नामावली प्रकाशन, उम्मेदवारी मनोनयन ११ जुलाइदेखि १५ जुलाइसम्म, उम्मेदवारको नामावली प्रकाशन १६ जुलाई सांझ ६ बजेपछि, उम्मेदवारको नामावलीमा दावी विरोध १७ जुलाई अपरान्ह ५ बजेसम्म, उम्मेदवारी मनोनयन फिर्ता २२ जुलाई अपरान्ह ५ बजेसम्म र अन्तिम उम्मेदवारी नामावली प्रकाशन २३ जुलाइ ६ बजेपछि हुने समितिले जनाएको छ । २६ जुलाइमा मतदान तोकिएको छ ।
समितिको अधिवेसन भने २७ जुलाइमा बर्लिनमा हुनेछ ।
निर्वाचन समितिले निर्वाचन आचारसंहिता पनि प्रकाशन गरेको छ ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
विचार : सहजताको मूल्य र गोपनीयता
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका