लण्डन । नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति जर्मनीको निर्वाचन यही जुलाइ २६ मा हुने भएको छ । फ्रेंकफोर्ट, बर्लिन, मुन्चेन, हाम्बर्ग र वेस्टफालेन क्षेत्रमा निर्वाचन हुने समितिले जनाएको छ ।
समितिको तेस्रो अधिवेसन नेपालको भूकम्प र साधारण सदस्यताका लागि दुई पटक समय थपिएका कारण पर सरेको थियो । यसपटक भने जुलाइ २६ मा निर्वाचन सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका संयोजक दिलबहादुर गुरुङले निर्वाचन कार्यमा सरिक भइ संस्थालाई सुदृढ बनाउन आग्रह गरेका छन् ।
समितिले निर्वाचनका लागि तालिका पनि प्रकाशन गरेको छ । जसअनुसार १४ जुलाइमा मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमा दावी विरोध १४ जुलाइ ५ बजेपछि, १५ जुलाइमा अन्तिम नामावली प्रकाशन, उम्मेदवारी मनोनयन ११ जुलाइदेखि १५ जुलाइसम्म, उम्मेदवारको नामावली प्रकाशन १६ जुलाई सांझ ६ बजेपछि, उम्मेदवारको नामावलीमा दावी विरोध १७ जुलाई अपरान्ह ५ बजेसम्म, उम्मेदवारी मनोनयन फिर्ता २२ जुलाई अपरान्ह ५ बजेसम्म र अन्तिम उम्मेदवारी नामावली प्रकाशन २३ जुलाइ ६ बजेपछि हुने समितिले जनाएको छ । २६ जुलाइमा मतदान तोकिएको छ ।
समितिको अधिवेसन भने २७ जुलाइमा बर्लिनमा हुनेछ ।
निर्वाचन समितिले निर्वाचन आचारसंहिता पनि प्रकाशन गरेको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन