ढाका, २५ असार । उत्तरी बङ्गलादेशमा शुक्रबार मुसलमानको महान पर्व रमाजानको अवसरमा एक धनी व्यक्तिबाट सहयोग स्वरुप कपडा वितरणका लागि आयोजना गरिएको कार्यक्रमा सहभागीमध्ये २३ जनाको ज्यान गएको समाचार छ ।
सोही घोषणा बमोजिम जम्मा भएका गरिब व्यक्तिहरुबीच चलेको तछाडमछाड र भागदौडमा कम्तीमा २३ व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।
सो घटनामा ५० भन्दा बढी व्यक्ति घाइते भएका प्रहरी स्रोतले जनाएको छ । घाइतेको उपचार जारी छ ।
सो घटना बङ्गलादेशको उत्तरी सहर माइमेनसिङ्घ सहरको एक कम्पनीनजिकै भएको हो । उक्त कम्पनी परिसरमा सानो प्रवेशद्वारबाटभित्र प्रवेश गर्न खोजेका व्यक्तिबीच सो भागदौड चलेको स्थानीय प्रहरी प्रमुखले जानकारी दिएका छन् ।
माइमेनसिङ्घका प्रहरी प्रमुखका मोइनुल हाकिएलले सो घटनास्थलबाट २३ व्यक्तिको शव निकालिएको र तीमध्ये प्रायः दर्बल महिलाहरु परेको एएफपी समाचार समितिलाई बताएका छन् ।
बङ्गलादेशको राजधानी ढाकादेखि १२० किलोमिटर उत्तरमा पर्ने स्थानमा सो घटना भएको जनाइएको छ ।
सो कारखाना नजिकैका प्रहरी प्रमुख कामरुल इस्लामले स्थानीय सञ्चार माध्यमलाई उद्धृतगर्दै ५० भन्दा बढी व्यक्ति घाइते भएको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने बताए ।
सो घटनामा मारिएका एक महिलाका पति रोबिउल मोहमद नामक स्थानीय व्यक्ति एक टेलिभिजन च्यानललाई आफ्नी श्रीमती उनी र बालबालिकाको लागि कपडा सहयोग लिन त्यहाँ गएकी बताएका छन् ।
‘मलाई थाहा छैन अब मेरो बालबालिकाको भविष्य अब के हुने हो’ उनले रुदै भनेको टेलिभिजन च्यालनले देखाएका थिए ।
कम्पनीका संस्थापकले गरेको कपडा वितरणको घोषणा सुनेर ठूलो सङ्ख्यामा गरिब जम्मा भएका थिए । सो इलाकामा ठूलो सङ्ख्याका गरिब व्यक्तिहरु रहेका र सोही कारण एक अर्काबीच कुल्चिने र तछाडमछाड चलेको बताइएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा