अल्डरसट । ग्रेटर रसमुर नेपाली कम्युनिटीको सातौं कार्यसमिति बैठक सम्पन्न भएको छ । अध्यक्ष ओमप्रसाद थापाको अध्यक्षतामा बैठक भएको हो ।
उक्त बैठक सचिव बीर बलालको हेल्थ एण्ड सेफ्टी ब्रिफिङ् पश्चात महासचिव रन्जिता मल्लले औपचारिक सुरुवात गरेकी थिइन् । सो अवसरमा वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेले स्वागत गर्दै अल्डरसट एवं फार्नवोरो समाजलाई एकत्रित गरि ग्रेटर रसमुर नेपाली कम्युनिटी बनाउन योगदान दिने सबैप्रति आभार ब्यक्त गरे । बेल्वासेले निरन्तर संस्थामा आवद्ध रहि सल्लाह सुझाव दिने सल्लाहकार शेर सुनारको भूमिका विशेष रहेको समेत बताए ।
बैठकमा अध्यक्ष ओमप्रसाद थापाले सम्पूर्ण नव मनोनित सल्लाहकार र सदस्यहरुलाई सम्मानार्थ खादा प्रदान गर्दै कार्यसमितिलाई पूर्णता दिएपछि मनोनित सदस्यहरुलाई पद तथा गोपनियताको शपथ गराए ।
सल्लाहकार मेजर रिटायर्ड डमर घले, सूर्य गुरुङ र एकेन्द्र गुरुङले संस्थाको सफलताको शुभकामना दिंदै आफ्नो अनुभव संस्थामा लगाउने प्रण गरे ।
महासचिव रन्जिता मल्लले रसमुर महिला विभाग र यसले गरेका कामबारे प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा भूकम्पको बेला भौतिक रुपमा उपस्थित भएर आफूले गरेको योगदानको चर्चा गरेकी थिइन् । उनले सातौं कार्यसमितिलाई सवल र सफल बनाउन कार्यसमितिले व्यापक छलफल पश्चात खडा गरेका विभागबारे समेत अवगत गराइन् ।
बैठक समापन पूर्ब अध्यक्ष थापाले विभिन्न विभाग र तिनका जिम्मेवारीबारे बताउदै कम्युनिटीको भावी कार्ययोजना बताएका थिए । उनले नेपाली कक्षा संचालन र स्थानीय समुदाय एवं अरु च्यारिटीसंग मिलेर कार्यक्रम गर्ने संस्थाको पहिलो प्राथमिकता रहेको बताए ।
उपाध्यक्ष छविमाया पुनले सांस्कृतिक विभागले गरेका फलदायी कार्यक्रम र आगामी दिनमा गर्ने योजनाबारे जनाइन् भने उपाध्यक्ष रामधन राईले सदस्यता विस्तारमा सबैको सहयोग अपेक्षा गरे ।
बैठकमा सल्लाहकार एवं संस्थापक राज सुब्बा, सल्लाहकार रत्न राई, नन्द कुमारी गुरुङ लगायतले राखेका जिज्ञासालाई अध्यक्ष ओमप्रसाद थापा र महासचिव रन्जिता मल्लले प्रष्ट्याएका थिए ।
अन्त्यमा बैठकका लागि हल एवं भोजन प्रायोजन गरिदिने निरमाया रोधी घरका प्रवन्धक गणेश गुरुङ लगायत सम्पूर्ण कर्मचारीहरुलाई विशेष धन्यवाद दिइयो ।
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने