ग्रेटर रसमुर नेपाली कम्युनिटीको बैठक

11220942_483706901789335_3091762442165927678_n

अल्डरसट । ग्रेटर रसमुर नेपाली कम्युनिटीको सातौं कार्यसमिति बैठक सम्पन्न भएको छ । अध्यक्ष ओमप्रसाद थापाको अध्यक्षतामा बैठक भएको हो ।

उक्त बैठक सचिव बीर बलालको हेल्थ एण्ड सेफ्टी ब्रिफिङ् पश्चात महासचिव रन्जिता मल्लले औपचारिक सुरुवात गरेकी थिइन् । सो अवसरमा वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेले स्वागत गर्दै अल्डरसट एवं फार्नवोरो समाजलाई एकत्रित गरि ग्रेटर रसमुर नेपाली कम्युनिटी बनाउन योगदान दिने सबैप्रति आभार ब्यक्त गरे । बेल्वासेले निरन्तर संस्थामा आवद्ध रहि सल्लाह सुझाव दिने सल्लाहकार शेर सुनारको भूमिका विशेष रहेको समेत बताए ।

बैठकमा अध्यक्ष ओमप्रसाद थापाले सम्पूर्ण नव मनोनित सल्लाहकार र सदस्यहरुलाई सम्मानार्थ खादा प्रदान गर्दै कार्यसमितिलाई पूर्णता दिएपछि मनोनित सदस्यहरुलाई पद तथा गोपनियताको शपथ गराए ।

सल्लाहकार मेजर रिटायर्ड डमर घले, सूर्य गुरुङ र एकेन्द्र गुरुङले 
संस्थाको सफलताको शुभकामना दिंदै आफ्नो अनुभव संस्थामा लगाउने प्रण गरे ।

महासचिव रन्जिता मल्लले रसमुर महिला विभाग र यसले गरेका कामबारे 
प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा भूकम्पको बेला भौतिक रुपमा उपस्थित भएर आफूले गरेको योगदानको चर्चा गरेकी थिइन् । उनले सातौं कार्यसमितिलाई सवल र सफल बनाउन कार्यसमितिले व्यापक छलफल पश्चात खडा गरेका विभागबारे समेत अवगत गराइन् ।

बैठक समापन पूर्ब अध्यक्ष थापाले विभिन्न विभाग र तिनका जिम्मेवारीबारे बताउदै कम्युनिटीको भावी कार्ययोजना बताएका थिए । उनले नेपाली कक्षा संचालन र स्थानीय समुदाय एवं अरु च्यारिटीसंग मिलेर कार्यक्रम 
गर्ने संस्थाको पहिलो प्राथमिकता रहेको बताए ।

उपाध्यक्ष छविमाया पुनले सांस्कृतिक विभागले गरेका फलदायी कार्यक्रम र आगामी दिनमा गर्ने योजनाबारे जनाइन् भने उपाध्यक्ष रामधन राईले सदस्यता विस्तारमा सबैको सहयोग अपेक्षा गरे ।

बैठकमा सल्लाहकार एवं संस्थापक राज सुब्बा, सल्लाहकार रत्न राई, नन्द कुमारी गुरुङ लगायतले राखेका जिज्ञासालाई अध्यक्ष ओमप्रसाद थापा र महासचिव रन्जिता मल्लले प्रष्ट्याएका थिए ।

अन्त्यमा बैठकका लागि हल एवं भोजन प्रायोजन गरिदिने निरमाया रोधी घरका प्रवन्धक गणेश गुरुङ लगायत सम्पूर्ण कर्मचारीहरुलाई विशेष धन्यवाद दिइयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री