नेपालको पुनर्निर्माणमा भारतीय र नेपाली समुदायको संयुक्त सहयोग

11716018_10153457124871197_1594934204_n

लन्डन । भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणमा लन्डनस्थित भारतीय समुदायले समेत सहयोग गरेको छ । गैर आवासीय नेपाली संघ, बेलायत र कपिलबस्तु समाज यूकेको साथमा साहिद उद्यम सिंह एसियन कम्युनिटी सेन्टर (सुसाक) र इण्डियन वर्कर्स एसोसिएसन ग्रीनवीच र बेक्स्ली शाखाले एक च्यारिटी डिनर गरि झण्डै १६ लाख रुपैयां (९८०० पाउण्ड) संकलन गरेका हुन् ।

गत आइतबार आयोजित एक च्यारिटी डिनरमा उक्त रकम संकलन भएको कपिलबस्तु समाज यूकेका अध्यक्ष दीपक श्रेष्ठले जनाए ।
संकलित रकम खाल्सा एडमार्फत पुनर्निर्माणका लागि नेपाल पठाइने छ ।

उक्त अवसरमा सुसाक अध्यक्ष कृपाल एस हिर, एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, कपिलबस्तु समाज यूके अध्यक्ष दीपक श्रेष्ठ, इण्डियन वर्कर्स एसोसिएसनका महासचिव चरण आथ्वा लगायत सयौं भारतीय, नेपाली समुदायको उपस्थिति थियो ।

कार्यक्रममा दाजु भाइ ग्रुप (अमित थापा मगर) र अस्मिता कुंवरले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री