नयाँ आवदेखि प्लास्टिकको झोलामा पुनः प्रतिबन्ध

plastic-bag

काठमाडौँ, २१ असार । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले नयाँ आवदेखि काठमाडौँ उपत्यकामा प्लास्टिकको झोलाको प्रयोगलाई पुनः प्रतिबन्ध गर्ने भएको छ ।

गत वैशाख १ गतेदेखि उपत्यकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइएकामा वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनका कारण मन्त्रालयले निरीक्षण गर्न सकेको थिएन । नयाँ आवदेखि प्लास्टिकको झोला उत्पादक तथा प्रयोगकर्तालाई कडाइका साथ अनुगमन गरी प्रयोगमा प्रतिबन्ध लगाइने मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार थापाले जानकारी दिए ।

मन्त्रालयले अहिलेसम्म उपत्यकाका मुख्य बजार तथा प्लास्टिक उत्पादन गर्ने विभिन्न कम्पनीमा छापा मारी १४ क्विन्टल प्लास्टिक बरामद गरेको छ । मानव स्वास्थ्यमा हानि पुरयाउने विभिन्न किसिमका रसायनको मिश्रणबाट उत्पादन भएका प्लास्टिकको प्रयोगबाट उपत्यकाको वातावरणमा प्रतिकूल असर, नदीनाला फोहोर, ढल जाम तथा सहरको सौन्दर्यमा ह्रास आउँदै गएको छ ।

नयाँ आवदेखि कालीमाटी तरकारी बजारलगायत ठूलो परिमाणमा प्लास्टिक खपत हुने अन्य व्यापारिक केन्द्रमा कडाइका साथ अनुगमन गरी प्रयोगलाई निरुत्साहन गरिने वातावरणविद् डा जयराम अधिकारीले जानकारी दिए । उनका अनुसार उपत्यकाका प्रमुख ठूला पसलमा प्लास्टिकको झोलाको प्रयोगमा कमी आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री