लन्डन । चाल्टर्न नेपाली समाज यूकेले विगत वर्ष जस्तै यसपटक पनि वार्षिक भेला गरेको छ । आइतबार स्थानीय मेरिडियन स्पोर्टस क्लबको खुला मैदानमा झण्डै तीन सय सहभागीमाझ बीबीक्यू, भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रमसहित भेला सम्पन्न भएको हो । त्यसबाहेक पहिलोपटक एक जना चर्चित बेलायती जादुगरको प्रस्तुति समेत रहेको यस वर्षको कार्यक्रममा स्थानीय नीम ट्रि फार्मेसीको सहकार्यमा निशुल्क स्वास्थ्य जांच सेवा पनि दिइयो ।
मौसमका कारण निर्धारित भन्दा केहि घण्टा ढिलो सुरु गरिएको कार्यक्रमको पहिलो चरण औपचारिक थियो । जसको अध्यक्षता समाजका अध्यक्ष रोमनाथ पाण्डे र सञ्चालन सचिव टि एन रिजालले गरेका थिए । कार्यक्रममा एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, नेपालबाट आएका साहित्यकार वियोगी बुढाथोकी लगायत विशिष्ट अतिथी थिए । त्यस अवसरमा समाजका उपाध्यक्ष टंक कंडेलले स्वागत मन्तव्य दिए भने नेपालमा भूकम्प पीडितको सहयोगार्थ समाजले वितरण गरेको सहयोगबारे पत्रकार फणिन्द्र भट्टराईले जानकारी गराए ।
समाजले केहि वर्षदेखि सञ्चालन गरेको लर्न नेपाली प्रोग्रामका स्वयमसेवी शिक्षिकाहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
भलिबल प्रतियोगितामा लण्डनका विभिन्न ४ टिम सहभागी थिए । जसमध्ये स्थानीय चाल्टर्नकै टोली प्रथम र वेस्ट लण्डन दोस्रो भए । विजेतालाई शिल्ड तथा मेडल प्रदान गरियो ।
अन्तर्राष्ट्रिय अवार्ड विजेता बेलायती जादुगर भिन्स स्पेडको प्रस्तुति बालबालिकासहित सहभागी सबैका लागि मुख्य आकर्षण बनेको थियो ।
कार्यक्रमको दोस्रो चरणमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । मञ्जु भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय बालबालिका तथा किशोर किशोरीले नृत्य, गीत, कविता आदि प्रस्तुत गरे । कार्यक्रमको अन्त्यमा डिजे हेम विष्टले सहभागी सबै जसोलाई नचाए ।
कार्यक्रमबाट संकलित रकम भूकम्प पीडितका लागि सहयोग गर्ने समाजले बताएको छ । यसअघि समाजले झण्डै ६ लाख रुपैयां बराबरको राहत नेपालमा बांडिसकेको छ । कार्यक्रममा बीबीक्यू तथा खाना ब्यवस्थापन रोयल नेप्लिज रेस्टुरेन्टका प्रोप्राइटर तथा चाल्टर्न समाजका संस्थापक अध्यक्ष सुरज केसीले गरेका थिए ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार