लन्डन । चाल्टर्न नेपाली समाज यूकेले विगत वर्ष जस्तै यसपटक पनि वार्षिक भेला गरेको छ । आइतबार स्थानीय मेरिडियन स्पोर्टस क्लबको खुला मैदानमा झण्डै तीन सय सहभागीमाझ बीबीक्यू, भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रमसहित भेला सम्पन्न भएको हो । त्यसबाहेक पहिलोपटक एक जना चर्चित बेलायती जादुगरको प्रस्तुति समेत रहेको यस वर्षको कार्यक्रममा स्थानीय नीम ट्रि फार्मेसीको सहकार्यमा निशुल्क स्वास्थ्य जांच सेवा पनि दिइयो ।
मौसमका कारण निर्धारित भन्दा केहि घण्टा ढिलो सुरु गरिएको कार्यक्रमको पहिलो चरण औपचारिक थियो । जसको अध्यक्षता समाजका अध्यक्ष रोमनाथ पाण्डे र सञ्चालन सचिव टि एन रिजालले गरेका थिए । कार्यक्रममा एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, नेपालबाट आएका साहित्यकार वियोगी बुढाथोकी लगायत विशिष्ट अतिथी थिए । त्यस अवसरमा समाजका उपाध्यक्ष टंक कंडेलले स्वागत मन्तव्य दिए भने नेपालमा भूकम्प पीडितको सहयोगार्थ समाजले वितरण गरेको सहयोगबारे पत्रकार फणिन्द्र भट्टराईले जानकारी गराए ।
समाजले केहि वर्षदेखि सञ्चालन गरेको लर्न नेपाली प्रोग्रामका स्वयमसेवी शिक्षिकाहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
भलिबल प्रतियोगितामा लण्डनका विभिन्न ४ टिम सहभागी थिए । जसमध्ये स्थानीय चाल्टर्नकै टोली प्रथम र वेस्ट लण्डन दोस्रो भए । विजेतालाई शिल्ड तथा मेडल प्रदान गरियो ।
अन्तर्राष्ट्रिय अवार्ड विजेता बेलायती जादुगर भिन्स स्पेडको प्रस्तुति बालबालिकासहित सहभागी सबैका लागि मुख्य आकर्षण बनेको थियो ।
कार्यक्रमको दोस्रो चरणमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । मञ्जु भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय बालबालिका तथा किशोर किशोरीले नृत्य, गीत, कविता आदि प्रस्तुत गरे । कार्यक्रमको अन्त्यमा डिजे हेम विष्टले सहभागी सबै जसोलाई नचाए ।
कार्यक्रमबाट संकलित रकम भूकम्प पीडितका लागि सहयोग गर्ने समाजले बताएको छ । यसअघि समाजले झण्डै ६ लाख रुपैयां बराबरको राहत नेपालमा बांडिसकेको छ । कार्यक्रममा बीबीक्यू तथा खाना ब्यवस्थापन रोयल नेप्लिज रेस्टुरेन्टका प्रोप्राइटर तथा चाल्टर्न समाजका संस्थापक अध्यक्ष सुरज केसीले गरेका थिए ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने