लन्डन । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा सेप ब्लाटर पांचौं कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । स्वीट्जरल्याण्डमा आयोजित फिफा अधिवेशनमा एकमात्र प्रतिद्वन्द्वी राजकुमार अलि बिन अल हुसेन प्रतिष्पर्धाबाट बाहिरिए पछि ब्लाटर सो संगठनको अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।
ब्लाटरका एकमात्र प्रतिद्वन्द्वी जोर्डनका राजकुमार हुसेनले पहिलो चरणको मतदानमा कूल २०९ मतदातामध्ये ७३ मत प्राप्त गरेका
थिए ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले दुई तिहाइ मत प्राप्त गर्न नसकेमा दोश्रो चरणको मतदान गराउनुपर्ने फिफाको विधान छ । तर, दोश्रो चरणको मतदान हुनुअघि नै राजकुमार अलिले आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि नेतृत्व पुनः ब्लाटरमाथि आएको हो । फिफाका वरिष्ठ अधिकारीहरुको जुरिचमा पक्राउसंगै ७९ वर्षीय ब्लाटरलाई फिफा नेतृत्व छाड्न व्यापक दवाव परेको थियो । तर, उनले कोही व्यक्तिले गल्ती गरेपनि संगठन नै दोषी नभएको जिकिर गर्दै आएका थिए ।
गत बुधबार संयुक्त राज्य अमेरिकाको न्याय मन्त्रालयले फिफाका वरिष्ठ अधिकारीहरु विरुद्ध धोखाधडी तथा मुद्रा अपचलन लगायतका अभियोगहरु दर्ता गरेपछि स्वीस प्रहरीले फिफाका सातजना वरिष्ठ अधिकारीलाई जुरिचमा पक्राउ गरेको थियो ।
अमेरिकी न्याय मन्त्रालयले उनीहरु विरुद्ध गएको दुई दशकभन्दा बढी अवधिमा पन्ध्र करोड डलर भन्दा बढी रकम घुस लिएको तथा भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।
अमेरिकामाथि नेपालको जित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
इजरायल – लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती : अमेरिकी विदेश विभाग
आर्थर डाँडाखर्कबाट चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित