युएई । यूएईको राजधानी अबुधाबीमा भूकम्प पीडित नेपालीहरुको सहयोगार्थ एक सांगीतिक कार्यक्रम हुने भएको छ ।
आगामी जुन १२ तारिख अबुधाबीको अल नादा स्कुलको अडिटोरियममा आयोजना हुने उक्त सांगीतिक कार्यक्रम भव्य, सभ्य र ऐतिहासिक बनाउन एनआरएनका अध्यक्ष कृष्ण भुसालको संयोजकत्वमा रहेको राहत तथा उद्धार समिति सक्रिय भएको छ ।
महानायक राजेश हमालको नेतृत्वमा, हाँस्यकलाकार दीपकराज गिरी, गायक तिलकबम मल्ल, इन्द्र जीसी, सम्झना लामिछाने कलाकारहरुको साथमा राजेश हमालकी नवविवाहिता पत्नी मधु भट्टराई पनि रहने छिन् । सोही कार्यक्रमका लागि अस्ट्रेलियाबाट पपगायिका प्रजिता गेलाल र कुवेतबाट बीबी मल्ल ठकुरी पनि आउने निश्चित भएको छ । नेपाली चलचित्र, नेपाली आधुनिक तथा लोक साथै पपसंगीतका हस्ती कलाकारहरुको जोडदार प्रस्तुति रहने कार्यक्रममा टिकटमार्फत् जम्मा भएको सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने आयोेजकहरुले बताएका छन् ।
महाविपत्तिमा धेरैले सहयोगी हात अघि बढाइरहेको बेला कलाकारहरुले पनि कुनै पारिश्रमिक नलिई यस सांगीतिक अभियानलाई पूर्णरुपमा च्यारिटीमय बनाउने प्रयास भइरहेको अन्तर्राष्ट्रिय कलाकार समाज, यूएईका अध्यक्ष मोहराज शर्मा ‘मोहन’ले बताएका छन् । त्यसरी नै च्यारिटीको लागि भनेर अल नादा स्कुलले हलभाडा पनि निःशुल्क गरिदिएको छ ।
अलएनस्थित अन्नपूर्ण ट्राभल्सले सबै कलाकारहरुको भिसा पनि निःशुल्क उपलब्ध गराउने आयोजकहरुले बताएका कारण कार्यक्रमबाट उल्लेख्य रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने आयोजकहरुको विश्वास छ ।
कार्यक्रमको सफलताको लागि यूएईमा क्रियाशील सबै नेपाली संस्था एक हुने बेला आएको बताएको नेपाल मगर संघ यूएईका अध्यक्ष भरत राना मगरले बताएका छन् । यो कुनै एक व्यक्ति या एक संस्थाको आयोजनामा नभई सबैको कार्यक्रम भएको प्रतिक्रिया दिँदै नेपाली जनसम्पर्क समितिका कृष्ण गौतमले भनेका छन्, ‘पीडित नेपालीहरुलाई सहयोग गर्ने उत्तम अवसर यूएईबासी नेपालीसमक्ष आएको छ ।’
भूकम्पको पीडामा संगीतको मलम लगाई सेवा गर्ने बेला आएको बाग्लुङ सेवा समाजका वरिष्ठ उपाध्यक्ष तारा मल्लले बताएका छन् । यूएईका सबै क्रियाशील संस्थाहरुको विपत्तिका बेला एकजुट हुने बेला भएको बताउँदै एक जना आयोजकले भने, यहाँका क्रियाशील संस्थाहरुको परीक्षा नै यही कार्यक्रम हो । यो कुनै व्यापारिक फाइदाको लागि नभई विशुद्ध सामाजिक कार्यक्रम भएकोले सबैले सहकार्य गर्नु जरुरी छ ।’
आयोजक समितिले कार्यक्रमको सफलताको लागि यूएईमा रहेका सबै सक्रिय नेपाली संघसंस्थाहरुसँग सहकार्यका लागि अपिल गरेको छ । स्थानीय मञ्चमा जमिरहेका जे सागर र दीपिका ज्ञवालीले कार्यक्रममा रोचक तरिकाले उद्घोषण गर्ने बताइएको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता