लन्डन । लन्डन क्विन्स्वरीस्थित उनको घर छिर्दा लाग्छ यहां संगीत प्रशिक्षण चालु छ । बडेमानको सिटिङ रुम वाद्यवादन सामाग्रीले भरिभराउ छ । अकोस्टिक, क्लासिकल र इलेक्ट्रिक गितार, एम्प्लिफायर, गितार प्रोसेसर आदि यत्रतत्र छन् । भित्तामा फ्रेमभित्र झुण्डिएका तस्विरले सांगीतिक पृष्ठभूमि अरु प्रष्ट्याइरहेको छ ।
‘मेरो संगीत कक्षमा स्वागत छ’, अढाइ दशक देखि बेलायतको नेपाली समुदायमा निरन्तर गितार बजाउंदै आएका अन्तर्राष्ट्रिय नेपाली कलाकार मञ्च यूकेका संरक्षक एवं लिड गितारिष्ट डम्बर सुब्बाले भने, ‘गफगाफ पहिले एउटा गीत नै सुनाउंछु ।’
बेलायतमा नेपाली गीत संगीत उच्चारण गर्दा सुब्बालाई नचिन्ने कमै जमात छ । नेपालबाट आएका कलाकार सम्मिलित कार्यक्रम होस् वा च्यारिटी । साथीभाइसंगको जमघट वा यस्तै कुनै अवसर, उनको गितार कला प्रस्फुटन भइहाल्छ । उनी हरेक माहोलमा नेपाली संगीत सुनाउंछन्, विदेशीमाझ आफ्नो कला संस्कृतिबारे हल्ला गर्छन् ।
१५ वर्षको किशोरावस्थादेखि नै गितार बजाउन थाले सुब्बा । सिंगापुरमा चार वर्ष बस्दा उनको यो सोख अरु फराकिलो भयो, कला झन् झन् निखारियो । नेपालमै छंदा सन् १९७२ मा सुब्बा सम्मिलित युवा समूहले रक एण्ड ब्लुज् व्याण्ड ‘रोड’ स्थापना गरेको थियो जसमा लिड गितारिष्ट डम्बर सुब्बा, मानसिं गुरुङ गायन र गितार, कृष्ण गुरुङ बेस गितार एवं देव राना गायन र ड्रमरमा थिए । त्यतिबेला उक्त व्याण्डले राष्ट्रिय सभा गृह, प्रज्ञा भवन लगायत धेरै ठाउंमा लाइभ कार्यक्रम गरेर नेपाली संगीतमा नौलो स्वाद पस्केको समकालिनहरुलाई राम्ररी हेक्का छ ।
सन् १९९१ मा बेलायत छिरे उनी । बेलायतको व्यस्त जीवनमा पनि उनले गितार त्याग्न सकेनन् । बरु सन् १९९६ मा नेपाली कलाकार संघ, यूके स्थापनापछि उनी पिलरको रुपमा दरिए । संघमा उपाध्यक्ष र संगीत निर्देशक रहेर वर्षौंदेखि उनले गरेको नेपाली गीतसंगीत प्रवद्र्धनको योगदान कम छैन् । नेपाली कला
संस्कृतिलाई विदेशमा समेत जीवन्त राख्न खोलिएको थियो नेपाली कलाकार
संघ, यूके । संघका पूर्व अध्यक्ष उमेश मोक्तान सुब्बाको योगदान सम्झन्छन्, ‘उहांको नेपाली कला संगीतप्रतिको समर्पणबाट नयां पुस्ताले पनि धेरै सिक्न सक्छ ।’ बेलायतमा लाइभ व्याण्ड शो शुरुवात गर्ने श्रेय कलाकार संघलाई जाने पाका नेपाली बताउंछन् ।
अस्वस्थ्य कलाकार गोपाल भुटानीको सहयोगार्थ होस् वा संघका दिवंगत नृत्य
निर्देशक केबी लामाको सम्झनामा उनी पढेको दुर्गा माध्यमिक विद्यालय चितवनको सहयोगार्थ होस्, ति लाइभ कन्सर्टमा सुब्बा नै अग्रसर भए । संघको आयोजनामा भएको शोमा त्यतिबेला भुटानीका लागि एकलाख २८ हजार रुपैयां र विद्यालयका लागि एकलाख ७५ हजार रुपैंयां संकलन भएको थियो ।
क्यान्सर रिसर्च यूके च्यारिटीका लागि उनले गरेको एकल कन्सर्ट पनि धेरैको मनमा छ । एक जमानाको चर्चित हिमालयन व्याण्ड आवद्ध नोर्देन तेन्जिङ भुटियालाई २२ वर्षपछि स्टेजमा उतार्न प्रमुख भूमिकामा थिए सुब्बा । सुब्बाले नै एकजना क्यान्सर पीडित इश्वर श्रेष्ठको उपचारार्थ लन्डन अल्पर्टनमा कार्यक्रम गरेर एक लाख १८ हजार रुपैयां संकलन गरेका थिए ।
संघले नेपाली गायक गायिका एवं कलाकारहरु नवीन के भट्टराई, नलिना चित्रकार, ओमविक्रम विष्ट, दीपक बज्राचार्य, नायक श्रीकृष्ण श्रेष्ठ, झरना थापा, राजेशपायल राई, क्रान्ति आले, अनिल सिंह लगायतलाई बेलायत झिकाएर कार्यक्रम गर्दा सुब्बाले संगीतको सम्पूर्ण जिम्मेवारी वहन गरे । कलाकार संघमा उनलाई साथ दिने थिए प्रकाश थापा, संगीत कुशु, सुनिल सुब्बा, मेदुनी शर्मा, प्रमोद शर्मा, स्टिभ नन, आयुस कार्की र राजेन्द्र भुजु । यस क्षेत्रमा जीवनसंगिनी बिन्दु सुब्बा (थापा) को प्रेरणा पनि भुल्दैनन् उनी । उनी नारायण गोपाल, अरुणा लामा जस्ता श्रष्टाका फ्यान । बेलायत बसेर पनि नेपाली संगीत राम्ररी नियालिरहेका उनी यसको व्यवसायिक विकासले मख्ख छन् ।
नाम कलाकार संघ भएपनि यसले समाजका धेरै क्षेत्रमा सहयोगका हात फैलाएको छ । यूकेमा नेत्र केसीको लास वेवारिसे हुंदा दाहसंस्कार र परिवारिक सहयोगका लागि चार हजार तीनसय २८ पाउण्ड हस्तान्तरणदेखि क्यान्सर पीडित प्लमस्टिड निवासी धु्रव रञ्जितकारको सहयोगार्थ तीनहजार ६ सय पाउण्ड पनि संघले दिएको थियो । संघले बेलायतमा शुरु गरेको नेपाल ब्याडमिन्टन ओपन टुर्नामेन्ट सन् २००१ यता निरन्तर छ ।
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल