लन्डन । लन्डन प्लमस्टिड निवासी ७ वर्षीय नेपाली बालकले भूकम्प पीडितहरुको आर्थिक सहयोगका लागि आफ्नो पिकी बैंक (खुत्रुके) फोडेका छन् । कक्षा २ मा अध्ययनरत क्यासपर श्रेष्ठले स्पोर्टस् बाइक किन्न संकलन गरिराखेको करिब ३८ हजार रुपैयां भूकम्प पीडितका लागि दिएका हुन् । ‘टिभीमा महाभूकम्पको कारुणिक अवस्था देखेपछि छोराले बाबा सहयोग गर्छु भन्यो’, उनका बुवा के के मुभिज प्रोडक्सनका निर्देशक कुशल श्रेष्ठले भने, ‘रकम जति भएपनि यसबाट अरु वालवालिकालाई पनि प्रेरणा मिल्छ भन्ने मेरो विश्वास छ ।’
बाबाले १८ वर्ष पछिमात्र स्पोर्टस् बाइक किन्ने भनेपछि क्यास्परले बाइक किन्न ११ वर्ष कुरेर अहिले भएको रकम भूकम्प पीडितका लागि सहयोग गर्ने निष्कर्ष निकालेका थिए । क्यास्परले आफू जस्तै अरुलाई पनि सहयोग गर्न अपिल गरेका छन् ।
भिडियोमा उनी के भन्छन् ?
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै