लन्डन । लन्डन प्लमस्टिड निवासी ७ वर्षीय नेपाली बालकले भूकम्प पीडितहरुको आर्थिक सहयोगका लागि आफ्नो पिकी बैंक (खुत्रुके) फोडेका छन् । कक्षा २ मा अध्ययनरत क्यासपर श्रेष्ठले स्पोर्टस् बाइक किन्न संकलन गरिराखेको करिब ३८ हजार रुपैयां भूकम्प पीडितका लागि दिएका हुन् । ‘टिभीमा महाभूकम्पको कारुणिक अवस्था देखेपछि छोराले बाबा सहयोग गर्छु भन्यो’, उनका बुवा के के मुभिज प्रोडक्सनका निर्देशक कुशल श्रेष्ठले भने, ‘रकम जति भएपनि यसबाट अरु वालवालिकालाई पनि प्रेरणा मिल्छ भन्ने मेरो विश्वास छ ।’
बाबाले १८ वर्ष पछिमात्र स्पोर्टस् बाइक किन्ने भनेपछि क्यास्परले बाइक किन्न ११ वर्ष कुरेर अहिले भएको रकम भूकम्प पीडितका लागि सहयोग गर्ने निष्कर्ष निकालेका थिए । क्यास्परले आफू जस्तै अरुलाई पनि सहयोग गर्न अपिल गरेका छन् ।
भिडियोमा उनी के भन्छन् ?
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
अमेरिकामाथि नेपालको जित
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन