लन्डन । लन्डनका एकजना नेपाली व्यवसायी मिलन भट्टराईले भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयां दिने प्रतिवद्धता व्यक्त गरेका छन् । एभरेष्ट लाउञ्जका प्रोप्राइटर भट्टराईले आफ्नो रेष्टुरेन्टमा च्यारिटी गरि उक्त रकम नेपाल पठाउन लागेका हुन् । आगामी बुधवार आफ्नो मुख्य ब्रान्च ह्यारोमा एक च्यारिटी डिनर हुनेछ भने मंगलबार एकैदिन अरु चारवटा शाखामा च्यारिटी डिनर राखिएको छ ।
बेलायतमा एभरेष्ट लाउञ्जका पांच शाखा छन् ।
‘च्यारिटीबाट जति रकम उठेपनि म ५० लाख पुर्याएर नेपाल पठाउनेछु’, भट्टराईले भने, ‘यस्तो विपत्तिमा हाम्रो सानो सहयोगले ठूलो अर्थ राख्न सक्छ ।’
सन् १९९८ मा बेलायत आएका चितवन निवासी भट्टराई अहिले सफल व्यवसायी मानिन्छन् ।
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक