काठमाडौं। भूकम्प भएको छैठौं दिन बिहीबार दिउँसो गंगोबुस्थित एक गेष्ट हाउसको भग्नावशेषमा पुरिएका एक १५ वर्षे किशोरको जीवितै उद्दार गरिएको छ। नुवाकोटका स्थानीय बासिन्दा पेम्बा लामालाई शनिबारको बिनाशकारी भूकम्पको १ सय २०* घण्टा पछि उनलाई जीवितै उद्दार गरिएको हो। उनी सोही गेष्ट हाउसमा काम गर्ने गर्दथे ।
सशस्त्र प्रहरी बलको टोलीले घरको भग्नावशेषबाट लामालाई निकाल्ने कोसिस गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ। लामाले उद्दारकर्मीहरुसँग संवाद गरेको बताइएको छ। लामा पुरिएको घरमा चार वटा गेष्ट हाउस भुवनेश्वरी, दिपावली, हिल्टन र न्यु स्टार सञ्चालनमा छ।
यसअघि नेपाली सेनाको टोलीले भक्तपुरको दत्तात्रयबाट ११ वर्षे किशोरीको भूकम्पको ९० घण्टापछि र बालाजुबाट टर्किस टोली र नेपाली सेनाले ८२ घण्टापछि एक युवकलाई जीवितै उद्दार गरेको थियो। भक्तपुरमा नेपाली सेनाको टोलीले भग्नावशेषमा पुरिएको ४ महिनाको शिशुलाई जीवतै उद्दार गरेको थियो।
लामाले उद्दारकर्मीसँग परिवारको बारेमा सोधेका थिए। चिकित्सकहरुले लामा निकै साहसी भएको बताएका छन्। उनको उद्दारमा सहभागी सशस्त्र टोलीको स्थानीय बासिन्दाले प्रसंसा गरेका थिए। टोलीले करिब ६ घण्टा लगाएर भग्नावशेषको दस फिट तल पुरिएका लामालाई निकालेको हो।
*यसअघि हिसाव गर्दा असवधानीको कारण १ सय ३२ घण्टा भएको थियो।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस