काठमाडौं। भूकम्प भएको छैठौं दिन बिहीबार दिउँसो गंगोबुस्थित एक गेष्ट हाउसको भग्नावशेषमा पुरिएका एक १५ वर्षे किशोरको जीवितै उद्दार गरिएको छ। नुवाकोटका स्थानीय बासिन्दा पेम्बा लामालाई शनिबारको बिनाशकारी भूकम्पको १ सय २०* घण्टा पछि उनलाई जीवितै उद्दार गरिएको हो। उनी सोही गेष्ट हाउसमा काम गर्ने गर्दथे ।
सशस्त्र प्रहरी बलको टोलीले घरको भग्नावशेषबाट लामालाई निकाल्ने कोसिस गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ। लामाले उद्दारकर्मीहरुसँग संवाद गरेको बताइएको छ। लामा पुरिएको घरमा चार वटा गेष्ट हाउस भुवनेश्वरी, दिपावली, हिल्टन र न्यु स्टार सञ्चालनमा छ।
यसअघि नेपाली सेनाको टोलीले भक्तपुरको दत्तात्रयबाट ११ वर्षे किशोरीको भूकम्पको ९० घण्टापछि र बालाजुबाट टर्किस टोली र नेपाली सेनाले ८२ घण्टापछि एक युवकलाई जीवितै उद्दार गरेको थियो। भक्तपुरमा नेपाली सेनाको टोलीले भग्नावशेषमा पुरिएको ४ महिनाको शिशुलाई जीवतै उद्दार गरेको थियो।
लामाले उद्दारकर्मीसँग परिवारको बारेमा सोधेका थिए। चिकित्सकहरुले लामा निकै साहसी भएको बताएका छन्। उनको उद्दारमा सहभागी सशस्त्र टोलीको स्थानीय बासिन्दाले प्रसंसा गरेका थिए। टोलीले करिब ६ घण्टा लगाएर भग्नावशेषको दस फिट तल पुरिएका लामालाई निकालेको हो।
*यसअघि हिसाव गर्दा असवधानीको कारण १ सय ३२ घण्टा भएको थियो।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक