महाभूकम्पमा करिव ५ हजारको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा

काठमाडौं। करिव ५ हजार मानिसको ज्यान लिन गरि शनिबार आएको भुइचालोपछि नेपाल सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। प्रधानमन्त्री सुशील कोइरालाले सरकारले आफ्नो क्षमता भ्याएसम्म काम गरेपनि विपत्ति निकै ठूलो भएको कारण आवश्यकता पुरा गर्न नसकिएको बताएका छन्।nepal earth 15

भूकम्पमा परी ४ हजार ७ सय ३१ जनाको ज्यान गएको पुष्टि भएको छ । मंगलबार बेलुकीसम्म प्राप्त विवरणअनुसार ९ हजार २ सय ३९ घाइते छन् । ३१ जिल्लामा १२ हजार ५ सय ६९ वटा घर ध्वस्त भएका छन् ।

उद्दारकर्मीहरु अझै भुइचालोले प्रभावित दुर्गम क्षेत्र पुग्न सकेका छैनन्। खुल्ला आकाशमुनी बसेका पीडितहरुलाई मुसलधारे वर्षाले झनै पीडा थपेको छ। ७ दशमलव ८ म्याग्नेच्युटको भुँइचालोको कारण राष्ट्र संघले ३९ वटा जिल्लाको ८० लाख मानिस प्रभावित भएको अनुमान गरेको छ। यो संख्या नेपालको कुल जनसंख्याको एक चौथाइभन्दा बढी हो।

भूकम्प प्रभावित ३१ जिल्लामा सरकारले खोजी तथा उद्धार र राहत वितरणमा सुरक्षाकर्मी, सरकारी कर्मचारीसँगै अन्तर्राष्ट्रिय समूह परिचालन गरेको छ । गृहका अनुसार भूकम्प प्रभावित क्षेत्रमा ५० हजारभन्दा बढी सुरक्षाकर्मी, १२ देशका खोजी तथा उद्धारका अनुभवी अन्तर्राष्ट्रिय टोली र स्वास्थ्यकर्मी खटिएका छन् ।

हवाई सेवासहित भारतीय टोली परिचालित छ । नेपाली सेनाको ५, भारतको ६ र निजी एक हेलिकप्टर पीडितको उद्धारमा परिचालन गरिएको छ । तर, बढी प्रभावित ८ जिल्लामा समेत भूकम्पपीडित र प्रभावित समूहले सरकारको उपस्थितिको आभास पाएका छैनन् ।

सिन्धुपाल्चोक, रसुवा, दोलखा, रामेछाप र नुवाकोटका स्वास्थ्य संस्थाहरूमा पूर्ण क्षति भएको गृहले जानकारी दिएको छ । सिन्धुपाल्चोक बाहेक अन्य क्षेत्रमा केन्द्रबाट स्वास्थ्य टोली पुग्न सकेको छैन ।

गृह मन्त्रालयले उपलब्ध गराएको विवरण

स्वास्थ्योपचारको अवस्था

– आज १५ वैशाख सम्ममा जम्मा ५३०० भन्दा बढीले स्वास्थ्योपचार पाइसके ।

– हाल देशका विभिन्न अस्पतालमा ८५२ जना घाइते उपचाररत अवस्थामा छन् ।

– अस्पताल ल्याइपु¥याएका, तर उपचार गर्न नभ्याएका र अस्पतालमा रहेका शवहरुको संख्या– २२७

– स्वास्थ्य संस्थासमेत पूर्णतः क्षतिग्रस्त भएका भुकम्प प्रभावित जिल्ला– सिन्धुपाल्चोक, रसुवा, जिरी, रामेछाप, नुवाकोट ।

सुरक्षाकर्मीको परिचालन

नेपाली सेनाबाट

नुवाकोट– १५९, गोरखा– २८७, ललितपुर– २०६, भक्तपुर– ३०८, धादिङ– १०२, काभ्रेपलाञ्चोक– १८४, सिन्धुपाल्चोक– ४३८, दोलखा– १५४

सशस्त्र प्रहरी बलबाट

काठमाडौं– ३१३८, भक्तपुर– ८४०, ललितपुर– ७३७, ओखलढुंगा– ३६, तेह्रथुम– ५२, ताप्लेजुङ– ६५, पाँचथर– ६५, धनकुटा– ६६, भोजपुर– ८०, इलाम– ६०, संखुवासभा– ६३, झापा– ४५५, खोटाङ– ७९, उदयपुर– ८१, मोरङ– २३८, सुनसरी– २३९, सप्तरी– २४५, सिराहा– १७९, धनुषा– १७१, सिन्धुली– २५, महोत्तरी– १०६, सर्लाही– १२१, रौतहट– १८२, बारा– १५७, पर्सा– २३४, मकवानपुर– ३८, रामेछाप– ३५, चितवन– १२२, सिन्धुपाल्चोक– १४६, धादिङ– १३१, काभ्रे– ३०, नुवाकोट–४६, नवलपरासी–८५०, रुपन्देही–११५४, कपिलबस्तु– ११०२, कास्की, ८९०, गोरखा–७५२, मनाङ– १६५, म्याग्दी–२३१, मुस्ताङ– २३०, बाग्लुङ– ४०१, लमजुङ– ३०२, पाल्पा– ३०६, अर्घाखाँची– २६३, स्याङ्जा– ४३९, तनहुँ– ५१२, पर्वत– ३९२, गुल्मी– ५५५

जम्मा– १६,८२४।–

 

अन्तर्राष्ट्रिय सहयोग (सैन्य)

१. भारतको मेडिकल टिम

आएको मिति– २०७२।०१।१२

संख्या– ८८

सेवा दिएको स्थान– राजदल गण, लगनखेल

२. पाकिस्तानको मेडिकल टिम

आएको मिति– २०७२।०१।१३

संख्या– ४८

सेवा दिएको स्थान– सल्लाघारी, भक्तपुर

३. श्रीलंकाको मेडिकल टिम

आएको मिति– २०७२।०१।१३

संख्या– २२

सेवा दिएको स्थान– दोलालघाट

४. बंगलादेशको मेडिकल टिम

आएको मिति– २०७२।०१।१३

संख्या– १७

सेवा दिएको स्थान– खोकना, ललितपुर

५. चीनको मेडिकल टिम

आएको मिति– २०७२।०१।१४

संख्या– ६०

सेवा दिएको स्थान– धुलिखेल

६. चीनको मेडिकल टिम

आएको मिति– २०७२।०१।१४

संख्या– १२

सेवा दिएको स्थान– नेपाली सेनाको उपत्यका पृतना

७. भारतको मेडिकल टिम

आएको मिति– २०७२।०१।१४

संख्या– ३०

सेवा दिएको स्थान– स्वास्थ्य मन्त्रालय अन्तर्गत

८. भारतको मेडिकल टिम

आएको मिति– २०७२।०१।१४

संख्या– ११६

सेवा दिएको स्थान– सिनामंगल

९. मलेसियाको मेडिकल टिम

आएको मिति– २०७२।०१।१५

संख्या– ४७

सेवा दिएको स्थान– हनुमानढोका

 

विदेशी उद्दार टोलीको आज (१५ वैशाख) गतिविधि

१. भारत

संख्या– १८०

तैनाथ स्थल– बालाजु, बसुन्धरा, शोभाभगवती, सीतापाइला, धरहरा

परिणाम– बाइसधाराबाट २ वटा शब निकालेको

२. श्रीलंका

संख्या– १३

तैनाथ स्थल– बालाजु

परिणाम– १ युवकको जिवित उद्दार

३. चीन (सर्च एन्ड रेस्क्यु टिम)

संख्या– बालाजुमा ६७ जना, डल्लु, काठमाडौं स्क्वायर र कपनमा ५० जना

४. टर्की

संख्या– ७९

तैनाथ स्थल– करदाता कार्यालय, बालुवाटार, ग्रीनल्याण्ड होटल, महाराजगञ्ज, भोटाहिटी, असन, पकनाजोल, धुलिखेल, काभ्रेपलाञ्चोक

५. नेदरल्याण्ड

संख्या– १ (८ वटा स्नीफर डग सहित)

तैनाथ स्थल– नमुना टोल, धापासी, नेशनल मेडिकल कलेज, जोरपाटी, ठहिटी, बजेट होटल, ठमेल

६. पोल्याण्ड

संख्या– ८१ (फायर फाइटिङ टिमसहित १२ कुकुर र १२ टन उद्दार सामग्रीसहित)

तैनाथ स्थल– गरुडकुण्ड, कमलविनायक

७. जर्मन

तैनाथ स्थल– बिसिजी हल, सुन्दरीजल

८. बेलायत

तैनाथ स्थल– सिन्धुपाल्चोक जिल्ला

९. फ्रान्स

संख्या– १०

तैनाथ स्थल– कालिमाटी

१०. इजरायल

संख्या– ८०

तैनाथ स्थल– गोंगबु

११. जाइका

संख्या– ७६

तैनाथ स्थल– हनुमानढोका

१२. मलेसिया

संख्या– ४७

तैनाथ स्थल– हनुमानढोका

प्रतिक्रिया

सम्बन्धित सामाग्री