काठमाडौं। सगरमाथा आरोहण गर्ने जेष्ठ नागरिक बन्ने अभियानमा रहेका म्याग्दीका आरोही मीनबहादुर शेरचन शुक्रबार सोलुखुम्बुतर्फ लाग्ने भएका छन् । सात वर्षअघि ७६ वर्षको उमेरमा सगरमाथा शिखर पुगेर उनले सर्वाधिक वृद्ध आरोहीको विश्वकीर्तिमान कायम गरेका थिए। 
उनले कीर्तिमान बनाएको पाँच वर्षपछि जापानका ८० वर्षीय युसिरो मिउराले उनको रेकर्ड तोडेका थिए । अहिले आएर शेरचन उक्त रेकर्ड आफ्नै नाममा ल्याउन लागिपरेका हुन् । ८३ वर्ष ९ महिना उमेरका शेरचन शुक्रबार (वैशाख ११) मा रेकर्ड बनाउने उद्देश्यले सगरमाथातर्फ जाँदैछन् ।
‘मेरो आरोहणले वृद्धवृद्धालाई साहस, युवालाई उत्साह र संकल्प तथा सबैलाई लक्ष्यमा पुग्ने प्रेरणा प्रदान गर्ने छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा शेरचनले भने, ‘आरोहणका लागि मेरो स्वास्थ्य स्थिति राम्रो छ । आरोहण अनुमति प्रदान गरेकोमा सरकारप्रति कृतज्ञ छु ।’ शेरचन पूर्व गोर्खा सैनिक हुन्।
उनको आरोहणका लागि आर्थिक सहयोग गैर आवासीय नेपाली संघ बेलायत तथा प्राविधिक र व्यावसायिक जिम्मेवारी हिमालयन गाइड्स नेपालले लिएको आरोहण संयोजक दुर्गाबहादुर बुढाले बताए।
बुधबार कार्यक्रममा उनलाई सहयोग गर्न जुटीरहेका गैर आवासीय नेपाली सङ्घ (एनआरएन) का अन्तर्राष्ट्रिय समितिका सदस्य सुषमा राई र एनआरएन, बेलायतका कल्पना आङबुहाङले शेरचनलाई सहयोग गर्न पाएकोमा गर्व लागेको बताए । ‘यति ठूलो अभियानमा जुट्नु भएको गोर्खालाई सहयोग गर्न पाउँदा खुसी छौ, आङबुहाङले भनिन् ।
उनले २ वर्षअघि मिउराको कीर्तिमान भंग गर्ने कोसिस गरेका थिए तर सफल भएन। शेरचनले सरकारी असहयोगको कारण असफल भएको बताए। ‘ढिलो गरि आरोहण अनुमति र बिरामी परेर आरोहण गर्न नसकेको अफवाह फैलाइयो’, उनले भने ।
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग