काठमाडौं। सगरमाथा आरोहण गर्ने जेष्ठ नागरिक बन्ने अभियानमा रहेका म्याग्दीका आरोही मीनबहादुर शेरचन शुक्रबार सोलुखुम्बुतर्फ लाग्ने भएका छन् । सात वर्षअघि ७६ वर्षको उमेरमा सगरमाथा शिखर पुगेर उनले सर्वाधिक वृद्ध आरोहीको विश्वकीर्तिमान कायम गरेका थिए। 
उनले कीर्तिमान बनाएको पाँच वर्षपछि जापानका ८० वर्षीय युसिरो मिउराले उनको रेकर्ड तोडेका थिए । अहिले आएर शेरचन उक्त रेकर्ड आफ्नै नाममा ल्याउन लागिपरेका हुन् । ८३ वर्ष ९ महिना उमेरका शेरचन शुक्रबार (वैशाख ११) मा रेकर्ड बनाउने उद्देश्यले सगरमाथातर्फ जाँदैछन् ।
‘मेरो आरोहणले वृद्धवृद्धालाई साहस, युवालाई उत्साह र संकल्प तथा सबैलाई लक्ष्यमा पुग्ने प्रेरणा प्रदान गर्ने छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा शेरचनले भने, ‘आरोहणका लागि मेरो स्वास्थ्य स्थिति राम्रो छ । आरोहण अनुमति प्रदान गरेकोमा सरकारप्रति कृतज्ञ छु ।’ शेरचन पूर्व गोर्खा सैनिक हुन्।
उनको आरोहणका लागि आर्थिक सहयोग गैर आवासीय नेपाली संघ बेलायत तथा प्राविधिक र व्यावसायिक जिम्मेवारी हिमालयन गाइड्स नेपालले लिएको आरोहण संयोजक दुर्गाबहादुर बुढाले बताए।
बुधबार कार्यक्रममा उनलाई सहयोग गर्न जुटीरहेका गैर आवासीय नेपाली सङ्घ (एनआरएन) का अन्तर्राष्ट्रिय समितिका सदस्य सुषमा राई र एनआरएन, बेलायतका कल्पना आङबुहाङले शेरचनलाई सहयोग गर्न पाएकोमा गर्व लागेको बताए । ‘यति ठूलो अभियानमा जुट्नु भएको गोर्खालाई सहयोग गर्न पाउँदा खुसी छौ, आङबुहाङले भनिन् ।
उनले २ वर्षअघि मिउराको कीर्तिमान भंग गर्ने कोसिस गरेका थिए तर सफल भएन। शेरचनले सरकारी असहयोगको कारण असफल भएको बताए। ‘ढिलो गरि आरोहण अनुमति र बिरामी परेर आरोहण गर्न नसकेको अफवाह फैलाइयो’, उनले भने ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी