लण्डन । बेलायतमा गुल्मेली नेपालीहरुको साझा मंच गुल्मी जिल्ला समाज यूकेको वार्षिक साधारणासभा यही अप्रिल २६ तारिक आईतवारका दिन हुने भएको छ ।
लण्डनको ब्लु आर्किड सभा कक्षमा हुने साधारण सभामा उपस्थितिका लागि समाजले सबै सदस्यहरुलाई अनुरोध गरेको छ ।
साधारणसभा तयारीका लागि समाजको कार्यसमिति तथा सल्लाहकारहरुको बैठक हालै सम्पन्न भएको छ ।
समाजका अध्यक्ष अर्जुन गौतमको सभापतित्वमा सम्पन्न उक्त बैठकमा साधारण सभाको तयारीका बिबिध बिषयमा छलफल भएको समाजले जनाएको छ । महासचिव राम गलामीले संचालन गरेको बैठकमा उपाध्यक्ष ओम गुरुंगले स्वागत मन्तब्य दिएका थिए भने महासचिव राम गलामी, उपाध्यक्ष बिनोद ज्ञवाली तथा चौथो एम्बुलेन्स परियोजनाका संयोजक मति प्रसाद पुनले भर्खरै समाजको तर्फबाट जिल्लामा उपलब्ध गराइएको चौथो एम्बुलेन्स हस्तान्तरण सम्बन्धि जानकारी गराएका थिए । त्यसैगरी कोषाध्यक्ष टोप पल्लीले आर्थिक, उपाध्यक्ष केशब भण्डारीले बिधान सम्बन्धि, सचिव शिव भण्डारीले आसन्न साधारण सभाको तयारी सम्बन्धमा प्रष्ट पारेका थिए । कार्यक्रममा कार्यसमितिकै मेडिया संयोजक फडिन्द्र भट्टराईले गुल्मी जिल्लाकै मृगौला पिडित मोहन रजालीको सहयोगार्थ साढे तीन लाख रुपैयाँ संकलन भएको र उक्त रकम छिट्टै नेपालमा हस्तान्तरण गरिने बताए ।
कार्यक्रममा अधिकांश कार्यसमितिका पदाधिकारी एवम् संस्थापक अध्यक्ष ओमप्रसाद थापा, सल्लाहकारहरु मोतिराज भण्डारी, मिन दर्लामी, दाशु पाण्डे , गोकर्ण बस्नेत, खड्ग रेश्मी, राजेन्द्र श्रेष्ठ लगायतको सकृय सहभागितामा संस्थाको सहयोग परिचालन सम्बन्धि नीति निर्धारण सम्बन्धि ब्यापक छलफल भएको थियो । बैठकले आगामी परियोजना छनोट तथा सिफारिसको लागी क्षेत्रगत रुपमा संयोजन गर्न दाशु पाण्डे, राम सापकोटा तथा शिव भण्डारीलाई संयोजनको जिम्मा दिने निर्णय गरेको छ ।
बैठकको अन्त्यमा अध्यक्ष अर्जुन गौतमले बैठक समापन गर्दै उपस्थित सबैलाई धन्यबाद दिँदै आगामी साधारण सभा सफल पार्न सबैलाई अनुरोध गरे ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य