काठमाडौं। ललितपुर जिल्ला अदालतले एक किशोरमाथि यौन दुराचार गरेको अभियोगमा क्यानडाली नागरिक अर्नेस्ट फेनविक म्याकिन्टसलाई सात वर्षको जेल सजाय सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले क्यानडाली नागरिक म्याकिन्टसले झुटो बोलेर र प्रलोभनमा पारेर ती किशोरमाथि यौन दुर्व्यवहार गरेको पुष्टि भएको भन्दै १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ। यौन दुर्व्यहारको मुद्दामा अदालतले तिराउन आदेश गरेको यो क्षतिपूर्ति रकम अहिलेसम्मकै ठूलो हो।
पीडितको बकपत्र, किटानी जाहेरी, पीडित र पीडकबीचको कुराकानीको कल डिटेल्स, साक्षीका रूपमा प्रस्तुत अर्का पीडितको बकपत्र, परिस्थितिजन्य प्रमाणसँगै पोलिग्राफ टेस्टको नतिजालाई समेत अदालतले प्रमाणका रूपमा प्रयोग गरेको छ। पोलिग्राफ टेस्टमा म्याकिन्टसले बयानका क्रममा झुटो बोलेको प्रमाणित भएको थियो ।
पुस २८ गते दर्ता भएको मुद्दामा ललितपुर अदालतले बन्द इजलासमा निरन्तर सुनुवाइ गरी ४८ दिनमा नै फैसला सुनाएको हो। पीडित पीडकका अगाडि जान डराएपछि सुनुवाइका क्रममा अदालतले क्यामरामा पीडितको बयान लिएको थियो। यो नेपालमै पहिलो पटक गरिएको अभ्यास हो ।
अदालतले कृत्रिम हात राख्न सहयोग खोजिरहेको र सक्षम अभिभावकत्वको अभावमा रहेका बालकलाई लक्षित गरी म्याकिन्टसले अपराध गरेको ठहर गरेको हो ।
यो मुद्दाको फैसला गर्दा अदालतले ७१ वर्षीय म्याकिन्टसको विगतलाई पनि प्रमाणका रूपमा प्रयोग गरेको छ। सत्तरीको दशकमा नाबालकलाई अप्राकृतिक मैथुन गरेको समेत गरी उनीविरुद्ध क्यानडामा सन् २००९ सम्म ४६ वटा यौन दुर्व्र्यवहारको उजुरी दर्ता भएको, ३६ वटामा मुद्दा चलाइएको र त्यहाँको अदालतले १३ वटामा दोषी ठहर गरेको थियो।
ललितपुर जिल्ला प्रहरीले गत पुसमा जावलाखेलस्थित क्याफे ब्राजिलबाट म्याकिन्टसलाई पक्राउ गरेको थियो। एउटा हात नभएका पीडितलाई कृत्रिम हात राखिदिने लोभ देखाई पटक–पटक अप्राकृतिक मैथुन गरेका उनले मंसिर २७ गते अन्तिमपटक सोही अपराध दोहरयाएका थिए । ती बालकजस्तै पीडित बनेका अर्का किशोरले दिएको जानकारीका आधारमा प्रहरीले म्याकिन्टसलाई पक्राउ गरेको थियो ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल