लण्डन । बोर्नमाउथ एण्ड पुल कलेजको आयोजना तथा युके नेपाल फ्रेण्डसीप सोसाइटी अन्तर्गतको नेपाल आर्ट इनिसियटिभ प्रोग्रामको आयोजनामा बुधबार डोेरसेटमा कलेज लेभलका स्थानीय विद्यार्थीहरुले नेपालबारे कला प्रदर्शनी गरेका छन् ।
१६ देखि १८ वर्ष उमेर समूहका ती विद्यार्थीहरुले विगत तीन वर्षदेखि नेपालबारे इन्टरनेट र सोसाइटीका अध्यक्ष एलान स्यांकाबाट नेपालबारे जानकारी लिएर कला सिर्जना गरेका हुन् ।
सो प्रदर्शनीमा बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री, स्थानीय डोरसेट काउन्सिलका मेयर, गैर आवासीय नेपाल संघ युकेका सचिव अर्जुन कटुवाल, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन कँडेल, युके नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष एलान स्यांका तथा कलेजका प्रिन्सिपल उपस्थित थिए । यसैगरी विद्यार्थीका अभिभावकहरु पनि सहभागी थिए ।
विद्यार्थीहरुले नेपालका हिमाल, बुद्ध र हिन्दु देव देवता तथा नेपाली कलासँस्कृतिबारे चित्र कोरेका थिए । त्यसैगरी नेपालका विभिन्न जातिका भेषभूषा, परिकार, घरायसी प्रयोगका भाँडावर्तनहरुका चित्र समेटेका थिए ।
नेपालमा सेता नश्लका मानिसलाई खैरे भनिन्छ भन्ने कुरालाई उनीहरुले सकारात्मक ढंगले उठाएका थिए । यसैगरी नेपालबारेका सामग्रीहरु कम्प्युटरबाट पनि देखाइएको थियो ।
कार्यक्रममा कार्यबाहक राजदुत क्षेत्रीले कलेज स्तरका विद्यार्थीहरुको यस्तो प्रयासबाट आफू प्रभावित भएको बताए । यस्ले नेपाललाई युवा पुस्तामाझ चिनाउन सहयोग गरेको उनको भनाइ थियो ।
कार्यक्रममा स्थानीय मेयर, एनअारएनए युकेका कटवाल, सोसाइटीका स्यांका र कलेजका प्रिन्सिपलले छोटाे मन्तब्य पनि दिएका थिए ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा