एमआरपी नबनुन्जेल तंछाडमंछाड, बनेपछि लिन वेवास्ता

MRP-front
लन्डन । सन् २०१५, नोभेम्बर २४ अगाडि नै हस्तलिखित राहदानी प्रतिस्थापन गरि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) जारी गरि सक्नुपर्ने अन्तर्राष्टिय नागरिक उड्ययन संगठनको वाध्यात्मक नियमले यतिखेर एमआरपी बनाउनेको भीड उल्लेख्य छ ।
नेपालमा राहदानी विभाग र विदेशस्थित नेपाली नियोगमा एमआरपी आवेदन दिनेहरुको चापले कर्मचारीलाई भ्याइनभ्याइ भइरहंदा लन्डनस्थित नेपाली दूतावासले पनि त्यही प्रकृतिको समस्याबाट उन्मुक्ति पाएको छैन् ।

परराष्ट मन्त्रालय राहदानी विभागले सन् २०१५, नोभेम्बर २४ भित्र सम्पूर्ण हस्तलिखित राहदानी प्रतिस्थापन गरिसक्नुपर्ने वाध्यकारी व्यवस्था भएपनि भिजाको लागि कम्तीमा ६ महिना राहदानीको वहाल अवधि रहनुपर्ने भएकाले अर्को देश जानुपर्ने तथा भिजा नवीकरण गर्नुपर्ने व्यक्तिहरुले सन् २०१५, मे सम्ममा नवीकरण गरि एमआरपी लिन भनेपछि आवेदन अप्रत्यासित बढ्ने भइहाले । तर, लन्डनस्थित नेपाली दूतावासलाई भने बनेर आएका एमआरपी मानिसले संकलन नगर्दा थप टाउको दुखाइ बनेको छ । बटुल्न नआउंदा अहिले झण्डै ५ हजार एमआरपी दूतावासभित्र त्यसै वेवारिसे छन् ।
दूतावासले सर्वसाधारणका लागि बनेर आएका एमआरपी आवेदकको नाम लिष्ट सबै उसको वेवसाइटमै राखिदिने गरेको छ । दूतावासले डिसेम्बर, जनवरीमा पठाइएका एमआरपी बनेर आइसकेकाले सम्पर्क गर्न नयां सूचना जारी गरेको छ । तर, धेरै जसोले नबनुन्जेल तंछाडमंछाड गर्ने अनि बनेपछि चाहिं लिन वेवास्ता गर्ने अवस्था छ ।

लन्डनस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले बनेका एमआरपी लिन नआउंदा व्यवस्थापनमा असहज भइरहेको जनाए । ‘मासिक झण्डै पच्चीस सय एमआरपी नेपालबाट बनेर आउंछन् । यदि समयमै संकलन नगर्ने हो भने हामीलाई राख्ने प्रवन्ध मिलाउन समेत झण्झट हुनेछ’, क्षेत्री भन्छन्, ‘अन्तिम विकल्प ति पासपोर्ट नेपाल नै फर्काउनुपर्ने हुन सक्छ ।’

logo_english

पासपोर्ट लिन दूतावास नै आउन असम्भव भए ठेगाना र खाम उपलव्ध गराए घरैमा पठाइदिन सकिने समेत क्षेत्रीको आश्वासन छ । क्षेत्रीले बनेका एमआरपी छिट्टै लिइदिन अपिल समेत गरेका छन् ।

लन्डनस्थित नेपाली दूतावासले समयसीमा नजिकिंदा झन् चाप आइलाग्ने बुझेर केही महिनायता नेपालीको उल्लेख्य बसोवास रहेका यूकेका विभिन्न शहरमा आफ्ना कर्मचारी लगेर एमआरपी फाराम संकलन गरिरहेको छ । यसले गर्दा पनि लन्डन दूतावासबाट एमआरपी बन्ने क्रम वृद्धि छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री