काठमाडौँ। माघ महिनामा मात्रै कम्तीमा दस महिलाको हत्या भएको छ। सञ्चारिका समूहले गत माघ १ देखि २९ गतेसम्म १४ वटा राष्ट्रिय दैनिक पत्रिकामा गरेको सञ्चार अनुगमन गर्दा १० जना किशोरी तथा महिलाको हत्या भएको भेटेको हो। 
समूहले राजधानीबाट प्रकाशित हुने कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, नेपाली दैनिक तथा द काठमान्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स, र द राइजिङ नेपाललगायतको दैनिक पत्रिकाबाट अनुगमन गरी उक्त तथ्य पत्ता लगाएको हो।
बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सी आरोप जस्ता परम्परागत तथा धार्मिक हिंसाबाट ती महिलाको मृत्यु भएको अनुगमनबाट पत्ता लागेको हो ।
त्यस्तै, गत माघ महिनामा नै १२ बलात्कार, १४ महिला बेचबिखनसम्बन्धी घटना घटेको सञ्चारिका समूहले जनाएको छ । समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार के कति आएका छन् र समाजमा लैङ्गिक हिंसा कस्ता छन् भन्ने विषयमा सञ्चार अनुगमन गर्दै आएको छ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न