काठमाडौँ। राष्ट्रिय खेलाडीहरु संलग्न रहेको सशस्त्र प्रहरीको एपिएफ क्बलले महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जोगाएको छ।त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा क्षेत्र नं ७ जनकपुरलाई सात विकेटले हराउँदै एपिएफ क्लबले उपाधि जितेको हो।
फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै ९८ रन मात्रै बनाउन सक्यो।
जवाफी ब्याटिङमा आएको एपिएफले ९३ बल बाँकी छदै तीन विकेट गुमाएर खेल जित्यो।
एपिएफलाई जित दिलाउनका लागि बलरको भूमिका विशेष रह्यो। प्लेयर अफ दि म्याच घोषित नीरा राजोपाध्यायले पाँच विकेट लिइन। त्यस्तै रुविना क्षेत्रीले दुई, ऋतु कनोजिया, विनु बुढामगर, सीता रानामगरले एक/एक विकेट लिए।
जनकपुरकी अनुराधा चौधरीले २८, ममता चौधरीले २० र रोजी कदारीले १२ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन समेत बनाउन सकेनन्।
प्रतिउत्तर ब्याटिङ गर्दै एपिएफका लागि ज्योति पाण्डेले नटआउट ३१, सरिता मगरले १४, सीताले १०,नीराले नट आउट सात तथा मधु थापाले छ रन जोडेका थिए।
अनुराधाले दुई र सन्तोषी चौधरीले एक–एक विकेट मात्र लिएका थिए।
उपाधि विजेता एपिएफले ट्रफीसहित ५० हजार रुपैया, उपविजेता जनकपुरले ट्रफीसहित ३० हजार रुपैया जित्यो। क्षेत्र नं ५ नेपालगन्जकी सन्जु चौधरी सर्वोकृष्ट हुँदै १० हजार रुपैया प्राप्त गरिन।
त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान क्षेत्र नं १ विराटनगरकी सङ्गीता राई र बलर उपविजेता जनकपुरकी शान्ति चौधरीले पाँच–पाँच हजार पाए भने उदयीमान खेलाडीको उपाधि पनि सङ्गीताले प्राप्त गरिन्।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान