काठमाडौं। विराट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। विराटनगरको शहीद रंगशालामा शनिबार भएको फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २-१ ले पराजित गर्दै झापाले उपाधिमाथि कब्जा गरेको हो। उपाधिसँगै झापाले पाँच लाख एक हजार नगद पुरस्कार प्राप्त गरेको छ।
खेल सुरु भएको ६ मिनेटमै झापा–११ का खमिर गिल्सान कन्दङ्वाले पहिलो गोल गरेका थिए। दोस्रो गोल कर्ण लिम्बू गरेका थिए। तर, मध्यान्तरपछिको ३९औँ मिनेटमा आर्मीका टङ्क बस्नेतले एक गोल गरी झापालाई प्रतिस्पर्धामा राख्ने प्रयास गरेका थिए । झापाले खेल अवधिभर आर्मीलाई दबाबमा राखेको थियो।
झापाले उपाधिसँगै हालै इलाममा भएको माई भ्याली फुटबल प्रतियोगिता र मोरङको पथरीमा भएको ‘पथरी गोल्ड कप’ को हारको बदला लिएको छ। ती दुवै प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीबाट झापा पराजित भएको थियो। प्रतियोगिताको उपविजेता त्रिभुवन आर्मी क्लबले तीन लाख एक हजार नगद प्राप्त गरेको छ।
फाइनलको ‘म्यान अफ द म्याच’ झापाका खमिर गिलसन कन्दङ्वा घोषित भए। प्रतियोगिताको ‘म्यान अफ द सिरीज’ झापाका कर्ण लिम्बूले प्राप्त गरे। लिम्बूले मोटरसाइकल समेत हात पारेका छन्। उत्कृष्ट प्रशिक्षक, गोलकिपर र उत्कृष्ट टिम प्रबन्धक झापाकै क्रमशः भगीरथ आले, दिनेश थापा र टेकराज सुब्बा घोषित भए। त्यस्तै उत्कृष्ट डिफेन्स र मिडिल फिल्डर आर्मीका जीतेन्द्र कार्की र टङ्क बस्नेत घोषित भएका थिए । प्रतियोगिताभरि सबैभन्दा बढी तीन गोल गर्ने आर्मीका नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा १२ टिमको सहभागिता थियो।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी