काठमाडौं। विराट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। विराटनगरको शहीद रंगशालामा शनिबार भएको फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २-१ ले पराजित गर्दै झापाले उपाधिमाथि कब्जा गरेको हो। उपाधिसँगै झापाले पाँच लाख एक हजार नगद पुरस्कार प्राप्त गरेको छ।
खेल सुरु भएको ६ मिनेटमै झापा–११ का खमिर गिल्सान कन्दङ्वाले पहिलो गोल गरेका थिए। दोस्रो गोल कर्ण लिम्बू गरेका थिए। तर, मध्यान्तरपछिको ३९औँ मिनेटमा आर्मीका टङ्क बस्नेतले एक गोल गरी झापालाई प्रतिस्पर्धामा राख्ने प्रयास गरेका थिए । झापाले खेल अवधिभर आर्मीलाई दबाबमा राखेको थियो।
झापाले उपाधिसँगै हालै इलाममा भएको माई भ्याली फुटबल प्रतियोगिता र मोरङको पथरीमा भएको ‘पथरी गोल्ड कप’ को हारको बदला लिएको छ। ती दुवै प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीबाट झापा पराजित भएको थियो। प्रतियोगिताको उपविजेता त्रिभुवन आर्मी क्लबले तीन लाख एक हजार नगद प्राप्त गरेको छ।
फाइनलको ‘म्यान अफ द म्याच’ झापाका खमिर गिलसन कन्दङ्वा घोषित भए। प्रतियोगिताको ‘म्यान अफ द सिरीज’ झापाका कर्ण लिम्बूले प्राप्त गरे। लिम्बूले मोटरसाइकल समेत हात पारेका छन्। उत्कृष्ट प्रशिक्षक, गोलकिपर र उत्कृष्ट टिम प्रबन्धक झापाकै क्रमशः भगीरथ आले, दिनेश थापा र टेकराज सुब्बा घोषित भए। त्यस्तै उत्कृष्ट डिफेन्स र मिडिल फिल्डर आर्मीका जीतेन्द्र कार्की र टङ्क बस्नेत घोषित भएका थिए । प्रतियोगिताभरि सबैभन्दा बढी तीन गोल गर्ने आर्मीका नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा १२ टिमको सहभागिता थियो।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा