लक्ष्मी शर्मा जीवनमा तीन दिन मात्र स्कुल गइन् । तैपनि अहिले उनी नेपालकी सम्मानित उद्योगपति भएकी छिन् ।
धेरै कुरा उनले आफ्नै जीवनबाट सिकिन् । यस क्रममा उनले हिम्मत कहिल्यै हारिनन् । जे–जे आइपर्छ त्यसलाई सामना गर्दै अगाडि बढिन् । यसले उनलाई सफल बनायो । यस क्रममा उनले धेरै सङ्घर्ष गर्नुप-यो ।
लक्ष्मीका बुबा राजा त्रिभुवनकी बहिनी बुनु महारानीको दरबारको तबेलाको काम गर्थिन् । यही मेसोमार्फत उनले पूजाकोठा सफा गर्ने काम पाइन् ।
१३ वर्षमा उनको बिहे भयो । त्यसपछि उनले अनेक हन्डर खाइन् । तीनजना छोरी जन्मिएपछि उनका लोग्नेले अर्काे बिहे गरे । उनले घर छाड्नुप-यो ।
त्यतिबेला घरबाट बाहिर निस्किएर आफ्नो खुट्टामा जीवन धान्नु सानो कुरा थिएन । त्यसपछि छोराछोरीको पालनपोषणको सबै जिम्मेवारी उनको काँधमा आयो । यसका लागि उनले कहिले विदेशीकहाँ घरेलु कामदारका रूपमा काम गरिन् । कहिले टेम्पो चलाइन् ।
उनले विदेशीको सहयोगमा भारतको बनारस गएर घरेलु शिल्पकलासम्बन्धी तालिम लिएकी थिइन् । यसले उनको जीवन फेरिदियो ।
टेम्पो व्यवसायबाट भविष्य सुरक्षित नहुने देखेपछि उनले आफूसँग भएको पाँच हजार रुपैयाँले ०४३ मा लक्ष्मी उड क्राफ्ट उद्योग खोलिन् । अहिले यस उद्योगले करोडौँ रुपैयाँको कारोबार गरेको छ । दुई सयजनालाई रोजगारी दिएको छ ।
‘अभावले गर्दा अब के गर्ने भन्ने भएपछि म यस क्षेत्रमा आएँ । लोग्नेले राम्रो गरेको थियो भने म साधारण गृहिणी जीवन बिताइरहेकी हुने थिएँ,’ उनले भनिन् ।
पुराना कुरा सम्झँदै उनले भनिन्, ‘मलाई अहिले पनि याद छ । दरबारमा बस्दा पानी परेका बेला आफ्नाे घरको चुहिएको छानो सम्झिएर घरमा आमाहरू पानीले भिजे होलान् भनेर उदास हुन्थे । तर, म दरबारको अग्लो पर्खाल नाघेर बाहिर निस्कन सक्दिनथेँ । दरबारको कडा शासनले ममा एकप्रकारको अनौठो स्वभाव आयो । सबै सुखसुविधा भोगेर पनि मलाई आफू रित्तो भएजस्तो लाग्यो ।
लक्ष्मीले जतिबेला टेम्पो चलाउन थालिन् त्यतिबेला अरू कुनै पनि महिलाले टेम्पो चलाउँदैनथे । अहिले धेरै महिलाले टेम्पो चलाएर जीवन धानेका छन् ।
लक्ष्मीले पैसाको महत्व सानैमा चिनिन् । उनले अर्काको घरमा काम गर्न थाल्दा महिनाको ६० रुपैयाँ कमाइन् । यो उनको पहिलो नगद कमाइ थियो । अहिले उनी करोडौँ रुपैयाँको कारोबार गर्छिन् । उनी नेपालको सफल उद्यमीको रूपमा स्थापित भएकी छिन् । उनको कम्पनीले उत्पादन गरेको विभिन्न जनावरका सिङका टाँक विभिन्न देशमा जान्छन् । उनको कम्पनीमा अहिले दुईजना काम गर्छन् । अहिलेसम्म चार हजारभन्दा बढी कामदार दक्ष कालिगढ भएर निस्किसकेका छन् ।
उनी फ्याक्ट्रीमा आफैँ खटिरहेकी हुन्छिन् । पहिलोपल्ट फ्याक्ट्रीमा पुग्ने मानिसलाई उनी यस फ्याक्ट्रीकी महिला मालिक हुन् भन्ने लाग्दैन ।
उनले धोबीखोलामा फालिएका राँगा र भैंसीका सिङ र हड्डीका टाँक बनाउन थालेकी थिइन् । यसले काठमाडौं उपत्यकाको वातावरण प्रदूषण नियन्त्रणमा महत्वपूर्ण योगदान पु-याएको छ ।
उनी भन्छिन्, ‘अभाव त त्यस्तो अवस्थालाई भनिन्छ जतिबेला मानिसले बाध्य भएर शरीर बेच्नुपर्छ । मेरो हकमा त्यस्तो भएको छैन । भाँडा माझेर पनि बाँच्न सकिन्छ ।’
उनले देश–विदेशबाट विभिन्न किसिमका सम्मान पाएकी छिन् । लक्ष्मी स्पष्ट रूपमा बोल्छिन् । जहिल्यै पनि हाँसेर मात्र बोल्छिन् । उनी समाजसेवामा पनि रुचि राख्छिन् ।
बनारसमा तालिम लिन जाँदा लक्ष्मीले मदर टेरेसाको आश्रममा केही समय बिताइकी थिइन् । यसले गर्दा समाजसेवाप्रति उनको रुचि जाग्यो । उनले आफ्नो कम्पनीको आम्दानीको केही हिस्सा छुट्याएर सेवा कोष खडा गरेकी छिन् ।
घरपरिवारबाट अपहेलित भएका वृद्ध, हिंसापीडित महिला तथा जोखिममा परेका बालबालिकालाई आर्थिक र शैक्षिक सहयोग गरिरहेकी छिन् । राजनीतिक वातावरण औद्योगिक विकासका निम्ति उपयुक्त नभएकोमा उनी रुष्ट छिन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी