काठमाडौं। विराटनगरमा जारी विराट गोल्ड कप फुटबल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको छ ।
बिराटनगरको शहीद रंगशालामा भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लवलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको हो। खेल सुरु भएको पाँचौं मिनेटमा लियोनेस डोडोजले पहिलो गोल गरी मनाङ मस्र्याङ्दीलाई अग्रता दिलाएका थिए । तर, मध्यान्तरपछिको ३० औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गरी खेल बरावरीमा ल्याउन सफल भए ।
निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त समय थपिएको थियो । सो अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि टाइब्रेकरबाट आर्मी फाइनलमा पुगेको हो ।
सेमीफाइनलमा पराजित भएपनि मनाङले एक लाख रुपैयाको पुरस्कार पाएको छ। पहिलो पटक विराट गोल्डकपमा पहिलो चरणमा हार्नेलाई तीस हजार रुपैया र दोस्रो चरणमा हार्नेलाई एक लाख रुपैया पुरस्कारको व्यवस्था छ। फाइनल त्रिभुवन आर्मी क्लव र झापा–११ बीच शनिबार सहिद मैदानमै फाइनल खेल हुनेछ। झापा थ्रिस्टार क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध