काठमाडौं। विजय धिमालले पहिलो हाफमा गरेको गोलको मद्दतमा पोखरामा सम्पन्न तेह्रौं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ।
शनिबार दिउँसो पोखरा रंगशालामा भएको फाइनल खेलमा चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि थ्रीस्टारले कब्जा गरेको हो ।
थ्री स्टारलाई उपाधि दिलाउने क्रममा खेलको २२ औं मिनेटमा विजय धिमालले गोल गरेका थिए।
माघ २० बाट सञ्चालित प्रतियोगितामा बेलायतको एकसहित १२ टिमको सहभागिता थियो।
उपाधि जित्दै थ्री स्टारले तीन लाख ५१ हजार नगद प्राप्त गरेको छ। उपविजेता मनाङको भागमा दुई लाख एक हजार रुपैयाँ पर्यो।
थ्रीस्टारका गोलकिपर किरण चेम्जोङ्ग, रक्षा पंक्तिका विष्णु सुनुवार, प्रशिक्षक अन्जन केसीले आफ्नो विधाको उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन्।
यसैगरी मनाङ मर्स्याङ्दीका अनिल गुरुङ्ले स्ट्राईकर र कैलालीका हेमन्त थापामगरले मिड फिल्डतर्फको उत्कृष्ट पुरस्कार पाए। आफ्नो विधामा उत्कृष्ट सबैले जनही १५-१५ हजार रुपैयाँ हात पारे।
प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी कास्कीका सभासद रविन्द्र अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी