काठमाडौं। विजय धिमालले पहिलो हाफमा गरेको गोलको मद्दतमा पोखरामा सम्पन्न तेह्रौं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ।
शनिबार दिउँसो पोखरा रंगशालामा भएको फाइनल खेलमा चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि थ्रीस्टारले कब्जा गरेको हो ।
थ्री स्टारलाई उपाधि दिलाउने क्रममा खेलको २२ औं मिनेटमा विजय धिमालले गोल गरेका थिए।
माघ २० बाट सञ्चालित प्रतियोगितामा बेलायतको एकसहित १२ टिमको सहभागिता थियो।
उपाधि जित्दै थ्री स्टारले तीन लाख ५१ हजार नगद प्राप्त गरेको छ। उपविजेता मनाङको भागमा दुई लाख एक हजार रुपैयाँ पर्यो।
थ्रीस्टारका गोलकिपर किरण चेम्जोङ्ग, रक्षा पंक्तिका विष्णु सुनुवार, प्रशिक्षक अन्जन केसीले आफ्नो विधाको उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन्।
यसैगरी मनाङ मर्स्याङ्दीका अनिल गुरुङ्ले स्ट्राईकर र कैलालीका हेमन्त थापामगरले मिड फिल्डतर्फको उत्कृष्ट पुरस्कार पाए। आफ्नो विधामा उत्कृष्ट सबैले जनही १५-१५ हजार रुपैयाँ हात पारे।
प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी कास्कीका सभासद रविन्द्र अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा