काठमाडौं। नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीपका तीन खेल घरेलु मैदानमै खेल्ने भएको छ। आईसीसीले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पपुवा न्यूगिनी, नामिबिया र केन्याविरुद्धका खेलहरु घरेलु मैदानमा खेल्ने भएको हो।
नेपालले अप्रिलदेखि जुनको बीचमा पहिलो खेल स्कटल्यान्डविरुद्ध खेल्नेछ । दोस्रो खेल अगष्टदेखि नोभेम्बरबीचमा पपुवा न्यूगिनीविरुद्ध खेल्नेछ भने तेस्रो खेल नामिबियाविरुद्ध सन् २०१६ को फेब्रुअरीदेखि जुनबीचमा हुनेछ।
आईसीसीका अनुसार चौथो खेल सन् २०१६ को अगष्टदेखि नोभेम्बरबीचमा नेदरल्यान्ड्ससँग, पाँचौ खेल सन् २०१७ को फेब्रुअरीदेखि जुनभित्र केन्याविरुद्ध, छैटौं खेल सन् २०१७ को जुलाईदेखि नोभेम्बरबीचमा हङकङविरुद्ध र सातौं खेल सन् २०१७ को नोभेम्बरदेखि डिसेम्बर बीचमा युएईविरुद्ध हुनेछ। डिभिजन वानमा रहेका अफगानिस्तान र आयरल्यान्डलाई सन् २०१९ को विश्वकप खेल्न पाउने आइसिसीले निर्णय गरेपछि डिभिजन २ को तेस्रो केन्या र चौथो नेपालले च्याम्पियनयशीप खेल्न पाएको हो।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा