काठमाडौं। नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीपका तीन खेल घरेलु मैदानमै खेल्ने भएको छ। आईसीसीले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पपुवा न्यूगिनी, नामिबिया र केन्याविरुद्धका खेलहरु घरेलु मैदानमा खेल्ने भएको हो।
नेपालले अप्रिलदेखि जुनको बीचमा पहिलो खेल स्कटल्यान्डविरुद्ध खेल्नेछ । दोस्रो खेल अगष्टदेखि नोभेम्बरबीचमा पपुवा न्यूगिनीविरुद्ध खेल्नेछ भने तेस्रो खेल नामिबियाविरुद्ध सन् २०१६ को फेब्रुअरीदेखि जुनबीचमा हुनेछ।
आईसीसीका अनुसार चौथो खेल सन् २०१६ को अगष्टदेखि नोभेम्बरबीचमा नेदरल्यान्ड्ससँग, पाँचौ खेल सन् २०१७ को फेब्रुअरीदेखि जुनभित्र केन्याविरुद्ध, छैटौं खेल सन् २०१७ को जुलाईदेखि नोभेम्बरबीचमा हङकङविरुद्ध र सातौं खेल सन् २०१७ को नोभेम्बरदेखि डिसेम्बर बीचमा युएईविरुद्ध हुनेछ। डिभिजन वानमा रहेका अफगानिस्तान र आयरल्यान्डलाई सन् २०१९ को विश्वकप खेल्न पाउने आइसिसीले निर्णय गरेपछि डिभिजन २ को तेस्रो केन्या र चौथो नेपालले च्याम्पियनयशीप खेल्न पाएको हो।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा