मंगलबार, मंसिर ९ २०७७ | Tue, November 24, 2020
नेपालको समय: १५:१३ | UK Time: 09:28

वहुमतीय प्रक्रिया बन्द गर्न बेलायतका ६ संगठनको ज्ञापन

वीनेपाली
२०७१ माघ २० गते १६:११

gyapan
लन्डन । कांग्रेस, एमालेले वहुमतीय आधारमा संविधान जारी गर्ने षडयन्त्र रचेर देशलाई गृहयुद्धतर्फ धकेल्न लागेको आरोप लगाउंदै बेलायतस्थित विभिन्न ६ पहिचानवादी राजनैतिक संगठनले त्यो प्रक्रिया तत्काल बन्द गर्न माग गरेका छन् ।
सहमतीय आधारमा संविधान जारी हुनुपर्ने माग राख्दै ति संगठनले आज मंगलबार लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई संयुक्त ज्ञापनपत्र बुझाए । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री मार्फत प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुवास नेम्वाङलाई ज्ञापन बुझाइएको छ । ज्ञापनपत्र बुझाउनेमा
 द हिमालयन अर्गनाइजेशन युके (जनमुक्ति पार्टी), संघीय समाजवादी युके (समाजवादी पार्टी), खस समाज युके (खस समाबेशी पार्टी), आदिवासी जनजाती महासंघ युके, संघीय लिम्बुवान समाज युके (लिम्बुवान पार्टी) र नेपाली समाज बेलायत (माओवादी) छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक